राष्ट्रिय वाणिज्य बैंकको ५७ औ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल

पोखरा २४/राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित मेत्रीपूर्ण फुटसलको उपाधी दयाराम पन्तको टोलीले हात पारेको छ । पोखराको अमरसिंह फुटसलमा आयोजित उक्त प्रतियोगितामा निर्धारित समयमा हितकाजी गुरुङको टीम संग दयाराम पन्तको टीम ४÷४ गोलको बरावरीमा सकिएपछि पेनाल्टीमा दयाराम पन्तको टोलीले हितकाजी गुरुङको टीमले २÷१ गोल अन्तरले पराजित गरेको राष्ट्रिय वाणिज्य बैक प्रादेशिक कार्यालय पोखराका प्रादेशिक प्रवन्धक प्रमोद अधिकारीले जानकारी दिए ।


लीक सिस्टममा खेलाइएको उक्त प्रतियोगितामा पोखरा उपत्यका भित्रका ६ वटा शाखा र प्रादेशिक कार्यालय गरी ७ वटा कार्यालयहरुको सहभागीता रहेको थियो । उक्त प्रतियोगितामा म्यान अफ दी म्याचको उपाधी  दयाराम पन्त, वेष्ट गोलकिपर राम चन्द्र थापा, उदयमान खेलाडी प्रणय क्षेत्री, अजित मंडल र प्रकाश बोगटी र भेट्रान खेलाडी हितकाजी गुरुङ घोषित भए ।

 

राष्ट्रिय वाणिज्य बैंकको ५७ औ वार्षिकोत्सवको अवसर पारी आगामी माघ ५ गते रक्तदान कार्यक्रम, माघ ७ गते सम्पूर्ण कार्यालय परिसरमा सरसफाइ, माघ ८ गते प्रभातफेरी र माघ १० गते बैंकको वार्षिकोत्सव मनाइने राष्ट्रिय वाणिज्य बैक प्रादेशिक कार्यालय पोखराका प्रादेशिक प्रवन्धक प्रमोद अधिकारीले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...