विन्ध्यवासिनीको हीरक जयन्तीको पुर्वसन्ध्यामा सरसफाई

पोखर, पुस २४ गते ।पोखराकै पुरानो विद्यालय विन्ध्यवासिनी मा.वि वाटुलेचौरको हीरक जयन्तीको पुर्वसन्ध्यामा वृहत सरसफाई गरिएको छ ।यही पुस २७ देखि आगामी चैत २७ गतेसम्म मनाईने हीरक जयन्तीलाई केन्द्रित गरी पोखराको १६ नं. वडाभित्रका विभिन्न टोलमा जनचेतना मुलक सरसफाई गरिएको हो ।

वडाभित्र रहेका आमा समुह, टोल विकास संस्था, क्लव, विद्यालयका भु.पु विद्यार्थी, शिक्षक कर्मचारी र विद्यार्थीको सहभागितामा विद्यालय प्राङ्गणवाट शुरु भइको सरसफाई संगमचोक, महेन्द्र गुफा, चमेरे गुफा, अमला विसौनी, लामाचौर, मध्यम पथ, अमरदिप, पश्चिमाञ्चल क्याम्पस, दीप चोक, के आई सिह पुल लगायतका क्षेत्रमा पुगी सडकको दायाँ, वायाँ भइका फोहर संकलन गरी पोखरा महानगर पालिकाको सहयोगमा व्यवस्थापन गरिएको सरसफाई उपसमितिका संयोजक मेहरमान थापाले जानकारी दिनुभयो । त्यस अवसरमा सहभागीले जथाभावी फोहर नफाल्न र वातावरणलाई सफा राख्न स्थानियलाई आग्रह गरेका छन् ।

 

त्यस अघि कार्यक्रमको मुल आयोजक समितिका अध्यक्ष चन्द्रा अधिकारी थापाले उपसमितिका संयोजक मेहरमान थापालाई फोहर संकलन सामाग्री हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो । अध्यक्ष थापाले वातावरणीय सरसफाईमा स्वयं नागरिक नै सचेत वन्नुपर्ने वताउँदै हीरक जयन्तीलाई सफल वनाउने दायित्व सवैको भएको वताउनुभयो । हीरक जयन्तीकै पुर्वसन्ध्यामा सोमवार प्रभातफेरि तथा झाँकी प्रर्दशन र मंगलवार विहान रक्तदान र भव्य समारोहका विचमा उद्घाटन हुने प्रचार समितिले जनाएको छ । जयन्तीको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले गर्नुहुने छ ।

 

हीरक जयन्तीका अवसरमा विद्यालयले मा.वि तहमा खुल्ला दौड, सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, वडा स्तरीय आधारभुत तहमा हिसाव दौड, मिठाई दौड, विन्दि दौड, आमा समुहविच म्युजिकल चियर प्रतियोगिता, अभिभावक सम्मेलन, नि शुल्क स्वास्थ्य शिविर, विज्ञान प्रर्दशनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, पुर्नमिलन कार्यक्रम, भुपु विद्यार्थी जेष्ठ नागरिक सम्मान र चैत २७ गते नवनिर्मित भवनको उद्घाटन सहित हीरक जयन्ती समापन गरिने जानकारी दिईएको छ ।

 

जयन्तीलाई सफल वनाउन प्रचार प्रसार,अर्थ संकलन, संघ संस्था समन्वय , मञ्च व्यवस्थापन लगायतका २९ वटा उपसमितिले आ आफ्नो कार्यलाई तिव्रता दिएको वताईएको छ । तीन महिनासम्म संचालन हुने हीरक जयन्तीका कार्यक्रम मनाउन करिव ४१ लाख १० हजार रुपैया खर्च लाग्ने र उक्त रकम विभिन्न सहयोगी संघ संस्था, भु.पु विद्यार्थी, विज्ञापनदाता, लगायतवाट संकलन गरिने अर्थ संकलन उपसमितिका संयोजक शिवराजदेवकोटाले जानकारी दिनुभयो । स्थापनाको १७ वर्ष पछि २०२१ सालमा पहिलोपटक तत्कालिन प्रवेशिका परीक्षामा सहभागी गराएको विद्यालयले हालसम्म उत्कृष्ट स्थान हासिल गर्दै सामुदायिक विद्यालय तर्फ गण्डकी प्रदेशमा उत्कृष्ट तेस्रो र कास्की जिल्लामा दोस्रो वन्न सफल भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...