शहिद स्मृति बिद्यालयका विद्यार्थीलाई खोप

पोखरा ।पोखरा महानगरपालिका वडा नं १४ मा रहेका शहिद स्मृति आबासिय मा.वि.मा रहेका बिद्यार्थिहरुलाई खोप लगाइएको छ ।माओबादी जनयुद्धका क्रममा शहिद,बेपत्ता तथा घाईते भएका परिवारका बालबालिकालाई पढाउने उद्धेश्य स्वरुप स्थापना भएको बिद्यालयमा ३५० जना बिद्यार्थिहरुले अध्ययन गर्दे आएका छन ।

 

१२ बर्ष माथि १८ बर्ष भित्रका बिद्यार्थिहरुलाई खोप लगाइएको हो । सो क्रममा बिद्यालयका अभिभावक तथा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले शहिद परिवारलाई खोप कार्ड दिएर खोप सुरु गरिएको थियो ।

 

सो क्रममा मन्त्री अधिकारीले नेपालको आमुल परिबर्तनका खातिर रगत बगाएका योद्धाहरुको छोराछोरीहरुलाई अध्ययन गराएर केही हदसम्म भएपनि शहिद परिवारको घाऊमा मलम लगाउने प्रयास गरिएको स्मरण गर्नु भयो । देशमा अहिले आएको गणतन्त्रको भागिदार यि बालबालिकाहरु हुन । तर केही चतुरहरुले यस्ता संरचनाहरु प्रति पनि नजरअन्दाज गर्न खोजेकोमा उहाँले सचेत रहन आग्रह गर्नुभयो । आबासिय रुपमा सञ्चालन गरिएको उक्त बिद्यालयले शिक्षाको गुणस्तरमा पनि बिकास गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...