फेरी लकडाउनको को संकेत: स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि ब्युँताइयो

सार्वजनिक स्थलमा प्रवेश गर्दा भ्याक्सिन कार्ड देखाउनुपर्ने , २५ जनाभन्दा बढी भेला हुन रोक,

काठमाडौं, स्मार्ट लकडाउनसम्बन्धी यसअघिको कार्यविधि फेरि कडाइका साथ लागू हुने भएको छ। आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेकोे हो ।

बैठकपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले भनिन्, ‘गत कोरोना महामारीमा नै हामीले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि लागु गरेका थियौँ । त्यो कार्यविधिलाई प्रमुख जिल्ला अधिकारीले थप कडाइका साथ कार्यान्वयन गर्नका लागि निर्देशन दिन गृह मन्त्रालयलाई सिफारिस गरिएको छ ।’
‘सार्वजनिक स्थलमा २५ जना भन्दा बढी जम्मा हुने गरी भेला भेला, महोत्सव लगायत आयोजना नगर्न गृह मन्त्रालयमार्फत स्थानीय प्रशासनलाई लेखिपठाउन सिफारिस बैठकले गरेको छ’, उनले भनिन् ।

बैठकले राजनीतिक भेलालगायतका भिडभाडजन्य गतिविधि नगर्न पनि आह्वान गरेको छ। कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गरेर यो निर्णय भएको उनको भनाइ छ । गर्नै परेको खण्डमा स्थानीय प्रशासनको अनुमति लिएर मात्रै गर्न बैठकले अनुरोध गरेको छ ।

यसैगरी माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनुपर्ने भएको छ । सार्वजनिक स्थलमा प्रवेश गर्दा, जस्तै कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा भ्याक्सिन लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने गरी निर्णय भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...