आज पृथ्वी जयन्ती तथा रास्ट्रिय एकता दिवस मनाइँदै

हरेक रास्ट्र निर्माणमा कुनै न कुनै प्रमुख ब्यक्तिको महत्त्वपूर्ण भुमिका रहन्छ। कतिपय राज्यले आफ्नो अस्तित्व बिगतदेखी नै जोगाए भने कतिपय मुलुक उपनिबेशबाट स्वतन्त्र भए त कतिपय जनमत संग्रहबाट नयाँ रास्ट्रका रुपमा जन्म भएको पाईन्छ।
नेपाल सत्रौ शताब्दीको अन्त्य तिर मल्ल राज्य कमजोर हुदा विभिन्न टुक्राटुक्रा राज्यमा बिभाजन भएको पाईन्छ। कर्णाली प्रदेशमा बाईसे राज्य, गण्डक चौबिसे, पाल्पा सेन तथा पुर्ब किरात गरि स- साना भुरे टाकुरे राज्यमा बिभाजित थियो नेपाल राज्य।
गाउँ गाउँ छुट्टाछुट्टै राज्य हुदा जनताहरु शान्तसग बस्न पाउने अवस्था थिएन। आपसी कलह प्रतिस्पर्धा चलिरहेको पाईन्छ। किसानले लगाएको खेती पनि शत्रु राज्यले लुट्ने जनतालाई दुख दिईरहने जस्ता अनेकौं समस्या तत्कालीन समयमा ब्याप्त थियो।
स्याङ्जा, कास्की हुँदै शाह बंश राजाहरु क्रमश लमजुङका राजा भएपछी उनै कुलमन्डल खाडका सन्तानको रुपमा रहेका यसोब्रहमा शाहका कान्छा छोरा द्रब्य शाहले बि.स १६१६ भाद्र २५ गते गोरखामा स्वतन्त्र राज्यको स्थापना गरे जसका दसौ पुस्ताका रुपमा बि. स १७७९ मा पृथ्वीनारायण शाहको जन्म गोरखा दरबारमा भयो।
पृथ्वीनारायण शाहको जन्म राज परिबारमा भएको भएतापनी उनी एक कुशल निडर योग्दा र नेताको रुपमा परिचित थिए। उनि कुटनितिमा उत्तिकै चातुर्य थिए भन्ने कुरा प्रमाण अन्य राज्यसग गरिएको सन्धी, मीत साईनो, बिबाह, धर्मसन्धी जस्ता अनेकौं विषयबाट थाहा पाउन सकिन्छ।
यदि तत्कालीन समयमा पृथ्वीनारायण शाहले नेपालको एकीकरण नगरेको भए सायद अहिले हामी यसरी नेपाली हौ भनेर बिश्वमा सगरमाथा र बौद्धको भुमिसगै उभिने अबस्था आउने थिएन। त्यस समयमा भारतमा बेलायतले आफ्नो उपनिबेश बनाएर शासन चलाईरहेको थियो।
पृथ्वीनारायण शाहले बि.स १८०१ बाट सुरु गरेको नेपाल एकीकरण उनैका उत्ताराधिकारी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह, योग्दा अमरसिंह थापाहरुले नेपालको सिमानालाई पुर्बमा टिस्टा नदि र पश्चिमी भाग कागडा नदिसम्म विशाल क्षेत्रमा फैलाउने काम गरे पछि बेलायतसगको असमान सुगौली सन्धिले नेपालको विशाल भुभागलाई अहिलेको बर्तमान अबस्थामा खुम्चाईदियो।
पृथ्वीनारायण शाहले आफ्नो अन्तिम समयमा आफ्ना भाईभारदारलाई तत्कालीन बस्तुस्थितिको जानकारी गराउदै दिब्योउपदेश दिए जुन अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ।
नेपाल दुई ढुङ्गा बिचको तरुल हो, दक्षिणको बादशाह चतुर छ, बिदेशिलाई देश छिर्न नदिनु, स्वदेशी कपडा बुनि लगाउनु, खानी उत्खनन गरि आर्थिक बलियो बनाउनु जस्ता महत्त्वपूर्ण भनाई अहिले पनि त्यतिकै आदर्शका रुपमा लिन सकिन्छ।
नेपालमा सर्बप्रथम ईतिहास लेखन युरोपियन पादरीहरुबाट भएको पाईन्छ। आफ्नो स्वार्थ पूरा गर्न नेपाल आएका बिदेशिले लेखिदिएको ईतिहास अध्यायन गरेर निर्णयमा पुग्नु त्यति उचित नहोला। आफ्नो सत्य ईतिहास नै बिगतको ऎना हो। पछिल्लो समय परिबर्तनका नाउँमा पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा रास्ट्रिय एकता दिबसलाई बेवास्ता गरिनु अत्यन्तै दु:खद विषय हो। रास्ट्रिय एकता दिबशले सम्पुर्ण नेपालिलाई एकता, भाईचारा कायम होस् सुभकामना।

लेखक: TN Devkota त्रिभुवन बिश्वबिद्धालयमा मानबिकी तथा सामाजिक शास्त्र संकायको स्नातकोत्तर तहमा अध्ययनरत बिद्यार्थी हुुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...