सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सन्तोषजनक—अर्थ सचिव अर्याल

लेखनाथ ।गण्डकी प्रदेशका अर्थसचिव बैकुण्ठ अर्यालले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुँदै गएको बताएका छन् ।जनप्रकाश उच्च मा.वि पोखरा—२९ को ६४ औं बार्षिकोत्सव तथा अभिभावक दिवशको मंगलबार उद्घाटन गर्दै, अर्थसचिव अर्यालले पछिल्लो समयमा सामुदायीक विद्यालयहरुले शैक्षिक गुणस्तरमा गरेको सुधारले विद्यार्थीहरुको आकर्षण बढ्दै गएको उल्लेख गरे । नीजि क्षेत्रको नतिजाले सामुदायीक विद्यालयहरुमा दवाव सिर्जना भएको उल्लेख गर्दै, अर्यालले समय अनुकुल शैक्षिक सुधारका कार्यक्रम राख्न आग्रह समेत गरे । गुणस्तरलाई कायम राख्दै प्रविधिको उच्चतम प्रयोगले पाठ्य सामाग्रीमा सहज भएको समेत अर्थसचिव अर्यालले स्पष्ट पारे ।

 


उनले कुनै समय सरकारी विद्यालयमा विद्यार्थीको संख्या बढाउन भर्ना अभियान लिएर जानु पर्ने बाध्यता रहेकोमा शैक्षिक गुणस्तरमा सुधार हुँदा विद्यार्थीको कोटा तोक्नु पर्ने अवस्था आएको उल्लेख गरे । उनले विद्यार्थी संख्याको आधारमा मेगा विद्यालयका रुपमा अगाडी बढाउनु पर्ने सुझाव दिदै, विपन्न बर्गका बालबालिका शिक्षाबाट बंचित हुन नपर्ने वातावरण सिर्जना गर्नु पर्नेमा समेत जोड दिए । विद्यालयका प्रधानाध्यापक शेखरनाथ शर्माले बार्षिक प्रगती प्रतिवेदन पेश गर्दै, साविक लेखनाथ क्षेत्रकै शैक्षिक हबका रुपमा जनप्रकाश उच्च मा.वि लाई अगाडी वढाईने उल्लेख गरे । शैक्षिक गुणस्तर सुधारका लागि बालमैत्री प्रणालीको विकास गरिएको बताए । कार्यक्रममा बार्षिक शैक्षिक कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण एवं सम्मान समेत गरिएको थियो ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम सुवेदीको अध्यक्षतमा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, विद्यालयका संस्थापक भोजराज भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष कमल पुलामी, विद्यार्थी क्याथ्रीन गुरुङ्ग, शिक्षक मिनु घले लगायतले बोलेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन सहायक प्रधानाध्यापक निल बहादुर चर्मकारले गरेका थिए भने संचालन शिक्षक शालिक सुवेदीले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...