पोउवा संघको पहलमा लेखा र प्याकेजिङ तालिम

पोखरा,२७ पुस । पोखराका उद्योगी÷व्यवसायी लघु,घरेलु तथा साना व्यवसायीहरुले २ वटा तालिम पाएका छन् । उनीहरुलाई लेखा व्यवस्थापकीय र लेबलिङ,प्याकेजिङ तथा बजारीकरणसम्बन्धी तालिम दिइएको हो । लेखामा २५ सहित तालिममा करिब ५० जनाको सहभागिता रहेको थियो ।


२ दिने तालिमको नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र आयोजना तथा पोखरा उद्योग वाणिज्य संघ सह–आयोजक रहेको थियो । आफ्नो लेखा चुस्त–दुरुस्त राख्न नसक्दा व्यहोर्नुपर्ने हैरानी र घाटाबाट व्यवसायीहरुलाई मुक्त गराउन एवं गुणस्तरीय उत्पादन  गरे पनि बजारीकरणमा भोग्नुपरेको समस्या निराकरण गर्न तालिम आयोजना गरिएको हो । तालिममा दोहोरो लेखा प्रणाली तथा लेबलिङ र प्याकेजिङ कसरी गर्ने भन्नेबारे जानकारी दिइएको थियो । मंगलबार तालिम समापनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका कार्यकारी अधिकृत ऋषिराम पंगेनीले लेखा प्रणाली चुस्त राख्न र प्रतिस्पर्धी बजारमा टिक्नको लागि नयाँ तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।

दुबै तालिम उत्पादन र उत्पादकत्व बढाउने उदेश्यमा समर्पित रहेको बताए ।कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले सबै कानून बुझेर व्यवसाय सुरु गर्छु भन्ने हैन कि सुरु भएपछि आफूलाई आवश्यक पर्ने जानकारी लिन्छु भन्नु राम्रो भएको बताए । उनले लेखा चुस्त नराख्दा भोग्नुपर्ने दण्ड–जरिवानाबाट बचाउन तालिम फलदायी हुने विश्वास लिए ।  प्रतिस्पर्धी बजार प्रवेशको लागि आकर्षक  लेबलिङ र प्याकेजिङ पहिलो सर्त भएको उनको  भनाइ थियो ।

 

पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेको संचालन रहेको समापन कार्यक्रममा बोल्दै सहभागी तथा उद्यमी सुनयना पालिखेले कानूनी प्रावधानका जटिलता व्यवसायीलाई हतोत्साही बनाउने खालको रहेको टिप्पणी गरिन् । उनले प्याकेजिङ र लेबलिङले कसरी उत्पादनलाई प्रतिस्पर्धी बनाउँछ भन्ने कुरा हरेक उद्यमीले बुझ्न जरुरी रहेको पनि स्वीकारिन् । लेखाका अर्का प्रशिक्षार्थी लालप्रसाद ढकालले लेखा प्रणाली नबुझ्दा कमाएको सबै गुमाउने सम्भावना हुँदा लेखा प्रणालीलाई व्यवस्थित गर्न व्यवसायीहरुलाई अनुरोध गरे । प्रशिक्षार्थी दुबैले तालिम फलदायी भएको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...