एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ विजयी

पोखरा, पुस २८ गते । नेकपा एमाले कास्की जिल्लाको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । आज विहान सम्पन्न मतगणना अनुसार  गुरुङले ४५६ मत ल्याउँदा प्रत्यासी दामोदर बैरागीले ४०७ मत ल्याउनुभयो । मनबहादुरलाई एमाले उपमहासचिव एव प्रवक्ता पृथ्वीसुब्बा गुरुङको साथ थियो भने बैरागीलाई अर्का नेता खगराज अधिकारीको समर्थन थियो । कास्कीमा दुई प्यालन बनाएर चुनावी मैदानमा होमिएका थिए ।

उपाध्यक्षमा प्रभा कोइरालालाई ८ मतान्तरले पराजित थरी तेजनारायण अधिकारी विजयी भएका छन् । अधिकारीले ४२१ मत पाए । सचिवमा वैनबहादुर अधिकारी ४७५ मतसहित विजयी भए । उपसचिवमा दर्शन लामा ९५४०० र नवराज ओझा ९४४३० मतसहित विजयी भए । उपसचिवका लागि चारजनाबीच प्रतिस्पर्धा थियो ,

 

पदाधिकारी जितेकामध्ये उपाध्यक्ष अधिकारीमात्र मनबहादुर प्यानलका हुन् । अन्य विजयीहरु अध्यक्षमा पराजित उम्मेदवार बैरागी समूहका हुन् ।मनबहादुर केन्द्रीय नेता पृथ्वीसुब्बा गुरुङको निकट छन् भन अर्का उमेदवार दामोदर बैरागी खगराज अधिकारीसँग निकट छन् ।मंगलबार सम्पन्न निर्वाचनमा ८९५ मत खसेको थियो ।भुगोल, महिला, समावेशी र खुल्ला सदस्यहरुका मतगणना हाल स्थगित गरिएको छ । स्थगित मतगणना आज विहान ११ बजेटबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...