एमाले कास्कीका नवनिवार्चित पदाधिकारी र सदस्यहरुको सपथ

पोखरा, पुस ३० गते । नेकपा एमाले कास्कीको दशौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथ लिएका छन् । एमाले जिल्ला पार्टी कार्यालय शान्ति वनमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले नवनिवार्चित अध्यक्ष मनबहादुर गुरुङलाई सपथ ग्रहण गराउनुभयो ।

अध्यक्ष गुरुङले पदाधिकारी सहित सदस्यहरुलाई सपथ खुख्वाउनु भयो । एमाले कास्कीको २३ देखि सुरु अधिवेशनको समापन समेत आजै गरिएको छ । एमले अधिवेशनबाट १२० जना निर्वाचित भएका छन् । सपथ ग्रहणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष गुरुङले पार्टीलाई सहमतीका साथ एक ढिक्का बनाएर अगाडी बढने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

उहाँले सबैको साथ सहयोगले अगाडी बढने बताउदै आफु असफल हुदाँ एमाले पार्टी असफल हुने दावी गर्नुभयो । म ब्यक्ति असफल हुनु भनेको एमाले पार्टी असफल हुनु हो उहाँले भन्नुभयो, मबाट जाने गल्ती हुदैन नजानेर गल्ती भए साथिहरुले सकरात्मक सुझाव दिएर सच्याउन आग्रह गर्छु ।

उहाँले आफुले अध्यक्षका हैसियतमा र पार्टीका विषयमा नेता भेटने बताउदै कुरौटे बनेर अध्यक्ष भेटन नजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अध्यक्षका प्रतिस्पर्धी एवं निर्वतमान सचिव दामोदर बैरागीले आफु पदको लोभी नभएको बताउदै भन्नुभयो, अवको तीन वर्ष पदको लोभ नदेखाउनुस । म जिल्ला कमिटिले दिएको काम र जिम्मेवारी पुरा गर्ने छु ।

 

जिल्ला कमिटिले लगाए अराएको काम गनेर्् छु तर मलाई पदको लोभ नदेखाइयोस भन्नुभयो । कार्य्रक्रममा एमाले पोलिटब्यूरो सदस्य जगत विश्वकर्मा, एमाले केन्द्रीय सदस्य कृष्ण थापा, एमाले नेता लिलाधर पौडेल, गण्डकी प्रदेश उपसचिव रश्मी आचार्य लगायतले बोल्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...