टाइगर कप भलिबलको फाइनलमा हेल्प नेपाल र आर्मी

पोखरा, पुस ३० गते । पोखरामा जारी दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र विभागिय टिम नेपाल आर्मी भिड्ने भएका छन् ।

जारी प्रतियोगितामा हेल्प नेपालले ४ खेलमा १० अंकका साथ फाइनलमा स्थान पक्का गर्दा नेपाल आर्मी ४ खेलमा ९ अंकका साथ दोश्रो हुँदै फाइनलमा स्थान बनाएको हो । शुक्रबारको खेलमा हेल्प नेपालले गण्डकी प्रदेश विरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित बनाएको छ । हेल्प नेपालले राउण्ड रोविन लिग अन्तर्गत चौथो खेलमा गण्डकी माथि २५–१८, २५–१६ र २५–२३ को सहज जित निकाल्यो ।

 

यस्तै पुरुषतर्फ नै विभागिय टोली नेपाल आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस माथी ३–० को सहज जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । आर्मीले पुुलिस माथी २५–१५, २५–१८ र २५–१३ ले जित निकालेको थियो । नेपाल आर्मी पहिलो संस्करणको उपविजेता समेत हो । भारतिय टिम कप्तान बिनित सहित तिन उनका ३ सहकर्मी सम्मिलित हेल्प नेपाल र नेपाली राष्ट्रिय खेलाडी सम्मिलित नेपाल आर्मी विचको फाइनल खेल रोचक हुने भएको छ ।

 

प्रतियोगितामा पुरुष तर्फ नेपाल पुलिस कुल ८ अंकका साथ तेश्रो स्थानमा रहँदा डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेश ३ अंकका साथ चौथो स्थानमा रहन पुग्यो ।यस्तै महिलातर्फ विभागिय टिम नेपाल आर्मी राउण्ड रोविन लिगमा शिर्ष ९ अंकका साथ फाइनलमा स्थान बनाउँदै अर्को विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लबको सामना गर्ने भएको छ । एपिएफले कुल ८ अंकका साथ दोश्रो स्थान बनाएको छ भने न्यू डायमण्ड ७ अंकका साथ तेश्रो स्थानमा रहँदा नेपाल पुलिस ६ अंकका साथ चौथो स्थान बनाउन सक्यो । प्रतियोगिता पहिलो पटक सहभागिता जनाएको आयोजक टाइगर ग्रुपले जित विहिन रहन पुग्यो ।

 

शुक्रबारको खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिसमाथी ३–० को सहज जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो । आर्मीले पहिलो सेट २१–२५ ले गुमाउँदा पछिल्ला तिन सेट २५–१८, २५–२० र २५–१३ ले जित्दै फाइनलमा शिर्ष अंक बनाउँदै एपिएफ संग भेट पक्का गरेको हो । त्यस्ते विहविार प्रकाशको कमीका कारण रोकिएको खेलमा नेपाल पुलिसले डायमण्ड माथी ३–०को सोझो सेटमा जित निकाल्यो । पुलिसले २५–२०, २५–२० र २५–२३ ले खेल जितेको थियो ।

 

माघ १ गते सम्म राउण्ड रोविन लिगको आधारमा सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता थियो ।प्रतियोगिताको उपाधि विजेता महिला÷पुरुष उपाधी विजेता टिमलाई समान नगद रु. ३÷३ लाख, उपविजेता महिला÷पुरुष टिमलाई समान नगद रु. १ लाख ५० हजार, तेश्रो हुने महिला÷पुरुष टिमलाई समान नगद रु. ७५ हजार र सान्त्वना हुने महिला÷पुरुष टिमलाई नगद ३५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । यसै गरी महिला तथा पुरुष तर्फ उत्ृकष्ट एक–एक खेलाडीलाई समान नगद रु. २५÷२५ हजार तथा हरेक विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद जनही नगद १०÷१० हजार सहित र ट्रफीद्वारा सम्मान गरिने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...