प्रदेश प्रमुख गुरुङद्वारा माघे सङ्क्रान्ति पर्वको शुभकामना

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख गुरुङद्वारा आज जारी शुभकामना सन्देशमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउने र नयाँ वर्ष मान्ने गरेको उल्लेख छ । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रुपमा धुमधामका साथ मनाउने गरेको उल्लेख गर्दै उहाँले हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बू, नेवार, गुरुङ, आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्ना, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको बताउनुभएको छ ।

तरुल, सखरखण्डजस्ता कन्दमूल तथा घ्यू, चाकु, तिलको लड्डु र खिचडीलगायतका परिकार खाई मनोरञ्जनपूर्वक खुसी साटासाट गरी मनाइने यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पु¥याएको शुभकामना सन्देश उल्लेख छ । प्रदेश प्रमुख गुरुङले मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्घन गर्नु हामी सबैको दायित्व भएको बताउँदै यस पर्वले सम्पूर्ण नेपाली बीचमा बन्धुत्व र हार्दिकता कायम गर्दै सबै नेपालीबीच शान्ति, एकता, सद्भाव तथा सहिष्णुता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...