पोखरा महानगरपालिका वडा नम्बर ७ को भवन उद्घाटन, सेवा प्रवाहमा सहज

पोखरा, माघ १ गते । पोखरा महानगरपालिका वडा नम्बर ७ को वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले शनिबार एक कार्यक्रमका वीच उद्घाटन गर्नुभएको हो । भवन उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले सेवा प्रवाहमा सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।

संघीय शासन व्यवस्था स्थापनासंगै सिंहदरबार गाँउगाँउमा पु¥याउने योजना अनुसार सिंहदरबार पोखरा ७ मा आएको बताउदै नागरिकले सहज रुपमा सेवा प्राप्त गर्ने छन् । उहाँले जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिएको बताउनुभयो । उपप्रमुख गुरुङले नागरिकलाई सेवा प्रवाह सहज बनाउन पूर्वाधारमा जोड दिइएको बताउनुभयो। वडा कार्यालय निर्माण गर्ने कार्यालयहरु व्यवस्थित हुनुपर्छ भन्ने मान्यताले वडा कार्यालय निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जनताको नजिकको सरकार वडा कार्यालय भएकाले सेवा प्रवाह सहज रुपमा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सेवाह गुनासो रहित रुपमा प्रवाह गर्ने बताउनुभयो । उहाँले नागरिकलाई विना भेदभाव सेवा प्रवाह हुने बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगर वडा नम्वर ३३ का अध्यक्ष शिवप्रसाद अाचार्य, वडा नम्वर २७ का अध्यक्ष पूर्णबहादुर गुरुङ, नेपाली काँग्रेस वडा सभापति नविन बराल, वडा सदस्य दिनबन्धु पौडेल, वडा सदस्य किशोर बराल लगायतले बोल्नुभएको थियो । उदघाटन कार्यक्रम वडा अध्यक्ष रामचन्द्र बरालकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।     यसैवीच कार्यक्रममा वडाले चार वर्षमा गरेका कार्यहरुलाई समावेश गरेर प्रकाशिन गरिएको स्मारिका समेत विमोचन गरिएको थियो भने समयमै भवन निर्माण सम्पन्न गरेको भन्दै दीपज्योति कन्ट्क्सन प्रालिलाई सम्मान गरिएको थियो ।वडा सदस्य किशोर बरालको संयाेजकत्वमा स्मारिका प्रकाशन गरिएको हाे ।


पोखराको रत्नचोकमा १ करोड ८५ लाखको लागतमा निर्माण सम्पन्न भएको वडा भवन सुविधा सम्पन्न बनाइएको छ । दुई रोपनी ६ आना क्षेत्रफलमा बनेको सुविधा सम्पन्न कार्यालय भवनको गत वर्ष माघ १ गते पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शिलान्यास गर्नुभएको थियो । १५ महिनामा सम्पन्न गर्ने सम्झौता भएपनि ११ महिनामै भवन निर्माण सम्पन्न भएको हो । आफनै भवन नहुदाँ वडा कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...