पातञ्जल योग शिविर सम्पन्न

पोखरा, माघ २ गते । पातञ्जल योग समिति नेपाल गण्डकीको अयोजनामा योग शिविर पोखरामा सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद मीना गुरुङले युवाहरुलाई योग तर्फ आकर्षित गर्नुपर्ने बताइन् । शिक्षा संस्कृति तथा सामाजिक विकाश मन्त्रालयका उपसचिव भोजराज न्यौपानेले योगबाट आफू लाभान्वित भएको बताए ।

खेलकुद परिषद् गण्डकीका सदस्य योगेन्द्र शेरचनले खेलकुद क्षेत्रमा समेत योगलाई विस्तार गर्नुपर्ने बताए । युवा विभाग प्रमुख कमला गुरुङले योग दिवसको बारेमा चर्चा गर्दै योगको बारेमा मानिसमा शिक्षा र जनचेताना फैलाउन पतञ्जलीले महत्पूर्ण भूमिका खेलेको बताइन् ।

 

पातञ्जल योग समिति नेपाल गण्डकीका अध्यक्ष रश्मि भण्डारीले बिसम परिस्थीतिमा उपस्थीत सबै लाई धन्यबाद दिदै योगको महत्वको बारेमा बताइन । कार्यक्रममा बिद्यार्थीहरु र सांसद गुरुङ लगायतले योग आसन समेत गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...