लेखापढी कानून व्यवसायीहरु सेवाग्राही प्रति उत्तरदायि हुन आवश्यक : मन्त्री थापा

पोखरा, माघ २/गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले लेखापढी कानून व्यवसायीहरु सेवाग्राही प्रति उत्तरदायि हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाल लेखापढी कानून व्यवसायी एसोसियसन जिल्ला कार्यसमिति कास्कीको १६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा बोल्दै मन्त्री थापाले लेखापढी कानून व्यवसायीहरुले जनतालाई सहज रुपमा सेवा उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो ।
उहाँले लेखापढी कानून व्यवसायीहरुले जनतालाई दिने सुविधा पारदर्शी हुनुपर्ने आवश्यकतालाई औंल्याउनुभएको छ । ‘लेखापढी कानून व्यवसायीहरु निष्ठावान भएको खण्डमा जनताले प्राप्त गर्ने सुविधा पारदर्शी हुन्छ’,उहाँले भन्नुभयो,‘जनता पहिले सिधै लेखापढी कानून व्यवसायीहरुसँग ठोकिने हुँदा आर्थिक लोभ बिनानै सेवा गर्नुपर्ने आवश्यकता छ ।’
मन्त्री थापाले लेखापढी कानून व्यवसायीहरुका पिरमर्कासँग आफु नजिक भएकाले सोहि बमोजिमको नीति निर्माणमा समेत प्रदेश सरकारले ध्यान पुर्याउने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरुको अप्ठ्याराहरुसँग म नजिक छु । यहाँहरुको पेशागत सुरक्षाका लागि प्रदेशमा सहज कानून बनाउन प्रतिबद्ध छु ।’
मन्त्री थापाले लेखापढी कानून व्यवसायीहरुले गैरकानूनी व्यवसायी हुन् भन्ने भावनालाई चिर्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भू— सेवा केन्द्रका नाममा भएका गलत निर्णयहरुलाई सच्याउँदै व्यवसायीहरुका हित बमोजिम काम गर्ने प्रणका साथ आफु लाग्ने बताउनुभयो । उहाँले व्यवसायीहरुलाई नागरिकलाई सरल ढंगबाट सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।
प्रदेशले विगत चार वर्षमा ५० वटा ऐन बनाएको जानकारी गराउँदै मन्त्री थापाले आफु मन्त्री भएर आइसकेपछि ऐनको संशोधन र कार्यान्वयनमा ध्यान दिएको बताउनुभयो । कानून निर्माणमा प्रदेश सरकारमा देखिएका समस्याहरुलाई समाधान गर्दै नागरिकको हित बमोजिम नीति बनाउन प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...