काठमाडौं, माघ २ गते । राष्ट्रिय सभाको माघ ३ गते सोमबार दिउँसो १ बजे तय भएको बैठकको मिति पुनः स्थगित भएको छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबार विज्ञप्ति जारी गदै विशेष कारणले पूर्व निर्धारित दिन र समयमा बैठक बस्न नसकिएको जानकारी गराएका हुन् । यसअघि पुस २७ गते बस्ने भनिएको बैठक पनि स्थगित भएपछि माघ ३ गते तय भएको थियो । राष्ट्रिय सभा बैठकको अर्को मिति भने तोकिएको छैन ।