अफगानिस्तानको बाघलान प्रान्तमा बम विष्फोट हुँदा २ जनाको मृत्यु

अफगानिस्तानको बाघलान प्रान्तमा विगतका युद्धका क्रममा बिच्छाइएका उपकरण विष्फोट हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
स्थानीयवासीलाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएअनुसार प्रान्तीय राजधानी पुल-ए-खुमरी शहरको बाहिरी भागमा रहेको टिपा नवरोज क्षेत्रमा आइतबार दिउँसो उक्त विष्फोट भएको हो।
गत सोमबार नान्गाहारको लालपुर जिल्लाको एक विद्यालय बाहिर विष्फोटक पदार्थ पड्किदा छ बालबालिका र एक ब्यापारीको मृत्यु भएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...