पोखरामा हुने भनिएको प्रेस चौतारीको महाधिवेशन स्थगित

पोखरा, माघ ३ गते । नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको महाधिवेशन स्थगित भएको छ । चौतारीका अध्यक्ष गणेश बस्नेतले सोमबार साँझ एक बिज्ञप्ति जारी गदै महाधिवेन स्थागित गरेको जनाएका हुन । माघ २२ देखि २३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा महाधिवेशन गर्ने निर्णय चौतारीले गरेको छ । गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष बस्नेतले महाधिवेशनको तयारीमा जुटेको बेला मुलुकमा कोरोना संक्रमण निकै बढदै गइरहेक कारण स्थगित गरेको बताएका छन् । संक्रमण बढेसंगै महाधिवेशनको तयारीमा समेत गम्भीर असर परेको छ उनले बताए । कोरोना महामारी बढेसँगै नेपाल सरकारले स्वास्थ्य मापदण्ड जारी गर्दै २५ जना भन्दा बढीको भौतिक उपस्थितिमा कुनै पनि कार्यक्रम नगर्न निर्देशन समेत दिएको छ ।

पछिल्लो समय कोरोनाबाट राजनीतिक दलका शीर्ष नेतादेखि हाम्रो गौरवशाली संगठन अवस्थाका कारण प्रेस चौतारी नेपालको थुप्रै साथीहरु संक्रमित हुनुभएको छ विज्ञप्तिमा बस्नेतले भनेका छन्, जस्को कारण पूर्वनिर्धारित कार्यक्रमहरु स्थगनको निर्णयमा पुग्न हामी बाध्य भएका छौं । कोरोना महामारी नियन्त्रण र रोकथामका सन्दर्भमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र नेकपा (एमाले) केन्द्रीय कार्यालयले माघ ३ गते जारी गरेको निर्देशनअनुसार प्रेस चौतारी नेपालको पूर्वनिर्धारित नवौं राष्ट्रिय महाधिवेशनलगायत सवै अधिवेशनहरु अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ ।

 

संगठनका सवै साथीहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो पेशागत काम गर्न र सवै कमिटीहरुलाई दैनिक गतिबिधि अघि बढाउन पनि आग्रह गर्दछु उनले विज्ञप्तिमा भनेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...