पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य बढ्यो

काठमाडौं, माघ ६ गते । नेपाली जनताको ढाड सेक्ने गरी पेटोलियम पदार्थमा मुल्यबृद्धि गरिएको छ । नेपाल आयाल निगमले पुनः पेट्रोलको मूल्य बढाएको छ । बुधबार राती निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ वृद्धि गरेको हो ।

मूल्य वृद्धिसँगै अब पेट्रोलको प्रतिलिटर १३९ रुपियाँ पुगेको छ भने डिजेल र मट्टितेल १२२ रुपियाँ पुगेको छ ।त्यस्तै आन्तरिक हवाई इन्धनमा पाँच रुपियाँ वृद्धि गरेको छ । मूल्य वृद्धिसँगै आन्तरिक हवाई ईन्धनको मूल्य अब प्रतिलिटर १०६ रुपियाँ पुगेको छ । तर, निगमले खाना पकाउने ग्यासको मूल्य भने नबढाएको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...