मुल्यबृद्धि बिरुद्ध पोखरामा अनेरास्ववियूको विरोध प्रर्दशन (फोटो फिचर)

पोखरा, माघ ६ गते । पेटोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध एमालेको भातृ संगठन अनेरास्ववियूले विरोध प्रर्दशन गरेको छ । मुल्यबृद्धि फिर्ता लिन माग गदै अनेरास्ववियू कास्कीले मोटरसाइकल र स्कुटर डोहोर्याउदै विरोध प्रर्दशन गरेको हो ।

पोखराको मुख्यचोक मानव अधिकारचोक देखि महेन्द्रपुलसम्म विद्यार्थीहरुले मोटर साइकल र स्कुटल नचलाई डोहोर्याएका थिए । उनीहरुले स्कुटल र मोटरसाइकलका अगाडी मुल्यबृद्धि फिर्ता गर, २४ लाख डोज खोप खै ? भन्ने कार्ड राखेका थिए ।

अनेरास्ववियू कास्कीका सहसंयोजक सन्तोष पोखरेलले परमादेशी सरकारले मुल्यबृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाउदै सांकेतिक रुपमा अनेरास्ववियूले विरोध प्रर्दशन गरेको बताए ।

अनेरास्ववियूका केन्द्रीय सदस्य महेन्द्र उपाध्यायले मुल्यबृद्धि विरुद्ध सांकेतिक रुपमा नाराबाजी र भाषण विना मोटरसाइक र स्कुटल डोहोर्याएर विरोध प्रर्दशन गरेको छ । रचनात्मक रुपमा विरोध गरिएको बताए । कोरोना भाइरस संक्रमणका कारण सरकारले २५ जना भन्दा बढि जम्मा हुन नपाउने गरी निषेध गरेको छ । प्रहरीले विद्यार्थीहरुलाई धेरै जना जम्मा नहुन अनुरोध गरेको थियो ।

नेपाल आयाल निगमले बुधबार साँझ पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ वृद्धि गरेको छ ।

मूल्य वृद्धिसँगै अब पेट्रोलको प्रतिलिटर १३९ रुपियाँ पुगेको छ भने डिजेल र मट्टितेल १२२ रुपियाँ पुगेको छ ।त्यस्तै आन्तरिक हवाई इन्धनमा पाँच रुपियाँ वृद्धि गरेको छ ।

मूल्य वृद्धिसँगै आन्तरिक हवाई ईन्धनको मूल्य अब प्रतिलिटर १०६ रुपियाँ पुगेको छ । तर, निगमले खाना पकाउने ग्यासको मूल्य भने नबढाएको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...