कास्की जिल्ला क्रिकेट संघको अध्यक्षमा सञ्जयकान्त सिग्देल

पोखरा, माघ ६ गते ।कास्की जिल्ला क्रिकेट संघको अध्यक्षमा पूनः सञ्जयकान्त सिग्देल चयन भएका छन् । संघ कास्कीको बिहिवार सम्पन्न तेश्रो अधिवेशनले सिग्देलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । संघको उपाध्यक्षमा दीपेन्द्रपताप चन्द, सचिवमा विनोद श्रेष्ठ, कोषाध्यक्षमा विरेन पुन चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा दुर्गाबहादुर चन, जयप्रकाश थापा, भोजराज बराल, रमेशकुमार सिंह, दीलिप अग्रहरी, कमल थापा, पूर्णचन्द्र न्यौपाने, ऋषिकेश शर्मा पौडेल, भावना देवकोटा र गोविन्द प्रधान रहेका छन् । निर्वाचन संयोजकमा अधिवशत्ता विष्णुप्रसाद शर्मा, सदयहरुमा देविप्रसाद गुरुङ र मनिषा गुभाजु रहेका थिए । अधिवेशनको उद्घाटन राष्टिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...