एपिएफ आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा, माघ ८ गते ।सशस्त्र प्रहरीको (एपिएफ) क्लब पोखरा रंगशालामा जारी २० औ आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा शनिबार भएको खेलमा पाहुना टोली बीवाईसीसी मिनेसोटा यूएसलाई पराजित गदै सेमिफाइनलको यात्रा तय गरेको हो । एपिएफले पाहुना टोलीलाई ३–१ गोलको सहज जित निकाल्यो ।

एपिएफको जितमा रवि थिङले दुई गोलको योगदान दिदाँ आभाष लामिछानेले एक गोल गर्नुभयो ।पाहुना टोलीले एपिएफ विरुद्ध गोल गदै अग्रता लिएपनि त्यसलाई टिकाउन नसक्दा तीन गोलको सामना गदै पहिलो पटकको यात्रा टुंयाउदै घर फर्कियो । खेलको ४७औं मिनेटमा बीवाईसीसीका मेगाल पालाफेक्सले गोलगर्दै टोलीलाई अग्रता दिलाए । तर त्यसलाई कायम राख्दै गोल थप्न नसक्दा पराजित बन्यो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...