रुसमा एकै दिनमा १ लाख ५५ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण

मस्को, माघ २१ गते । रुसमा गएको २४ घण्टायता एकै दिनमा भएको कोरोनाभाइरस सङ्क्रमण दर सबैभन्दा धेरै भएको बताइएको छ । यहाँ बिहीबार अघिल्लो २४ घण्टायता १ लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखा परेको छ । यो सङ्ख्या एकै दिनमा भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै यो अवधिमा कम्तीमा पनि ६६५ जनाको ज्यान गएको बताइएको छ ।

यहाँ अहिलेसम्ममा ३ लाख ३३ हजार ३५७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । रुसमा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरुको सङ्ख्या बढेको पनि पाइएको छ । रुसमा सबैभन्दा बढी यहाँको राजधानी मस्को प्रभावित भएको छ । अहिले देखिएका सङ्क्रमितहरुमा पनि पछिल्लो समयमा सबैभन्दा बढी मस्कोमा नै भेटिएका छन् । यहाँ ओमिक्रोन भेरियन्ट पहिलेका वेभहरुको तुलनामा बढी नै फैलिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...