प्रदेश सरकारले आन्तरिक श्रोत बृद्धि गर्नुपर्छःमन्त्री बराल

पोखरा, फागुन १८ गते ।सुदुर पश्चिमप्रदेशको आर्थिक मामिलामन्त्री सहितको टोलीलाई गण्डकी प्रदेशको अर्थ मन्त्रालयले प्रदेश राजधानिपोखरामा स्वागत गरेको छ । अन्तर प्रदेश अवलोकन भ्रमणमा निस्केको उक्त टोलीलाई अर्थ मन्त्रालयले बुधबार मन्त्रालयमै स्वागत गरेको हो । सुदुर पश्चिमप्रदेशकाभौतिकपुर्वाधार विकास मन्त्री दीर्घ बहादुर सुडारी, आर्थिक मामिलामन्त्रीतारा लामातामाङ, राज्यमन्त्रीमायातामाङ बोहरालगायतको टोलीलाई गण्डकी प्रदेशकाअर्थ मन्त्री रामजी प्रसादबरालजीवनले खादालगाउदै स्वागतगर्नु भएको हो ।

स्वागतकार्यक्रममावोल्दै गण्डकी प्रदेशका अर्थ मन्त्रीजीवनले आन्तरिक श्रोतको बृद्धि गरी प्रदेश सरकारलाई दिगो रुपमा स्थापनागर्नुपर्नेमाजोड दिनु भयो । संघियता बिरोधीभएका टिप्पर्ढी र आलोचनालाई विफलपार्न प्रदेश सरकारहरुले आन्तरिक पुंजिको बृद्धि गर्नुपर्ने उहाँको भनाई थियो । संघियतामा रहेकाहरुमाअझै एकात्मक सोच भएकोले त्यसको बिरुद्ध प्रदेश सरकारहरु एक हुनुपर्नेमन्त्री बरालले बताउनु भयो ।

 

सुदुर पश्चिमप्रदेशकाभौतिकपुर्वाधार विकास मन्त्री दीर्घ बहादुर सुडारीले बजेट निर्माणको क्रममा बजेटको सिमा समेत नाघ्नुपर्नेे अबस्था सृजनाभएको बताउनु भयो । आन्तरिक राजश्वबृद्धि गर्नु मुख्यचुनौती रहेको उहाँले बताउनु भयो । गण्डकी प्रदेशबाटआफुहरुले जलबिद्युत, पर्यटन लगायतका धेरै कुरा सिक्ने मौकापाएको मन्त्री सुडारीले बताउनु भयो । आर्थिक मामिलामन्त्रीतारा लामातामाङले राजनीतिककमजोरीकाकारण योजना दोहोरीने गरेको बताउनु भयो । स्थानिय, प्रदेश र संघिय सरकारले के कस्ता योजनालाई प्रथामिकतादिनुपर्ने सोको बारे प्रष्ट हुनुपर्ने उहाँले बताउनु भयो ।

 

गण्डकी प्रदेशकाप्रमुख सचिव रविलालपन्थले साझा समस्याको रुपमा टुक्रे योजनाहरु रहेको बताउनु भयो । उहाँले गण्डकी प्रदेशमा १८ बर्ष माथिका सवै व्नागरिकहरुमाकोरोना बिरुद्ध खोप उपलब्ध गराईएको दाबीगर्नु भयो । सुदुर पश्चिमप्रदेशकाप्रमुख सचिव रामेश्वर दंगालले बजेटको बारेमाजति नै छलफल तथाअन्तरक्रिया गरे पनिअन्तिम एक सातामा बजेट बनाउने पुरानो संस्कारले योजनाकार्यान्वयनमा समस्याआएको बताउनु भयो ।

 

अर्थ मन्त्रालयका सचिव बैकुण्ठ प्रसादअर्यालले प्रदेशको बारेमा प्रस्तुतीः राख्नु भएको थियो भने सुदुर पश्चिमप्रदेशकाआर्थिक मामिलाका सचिवजितेन्द्र बस्नेतले समेत आफ्नो प्रदेशको बारेमा प्रस्तुतीः राख्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...