संचारकर्मी दाहालको कान्छी साली बजारमा

पोखरा, फागुन २५ गते ।संचारकर्मी तथा राष्ट्रिय संगितकर्मी संघ, कास्कीका अध्यक्ष ऋषिराम दाहालको कान्छी साली बाजारमा आएको छ । दाहाल लगायत यो गितमा तोय कार्की, अनिता पन्त, सुनिता गुरुङ लगायतको आवाज रहेको छ । उक्त गित दिपक कँडेलको शब्द र राम्जी पौडेलको लयमा साहिल गायकको संगितमा नमस्ते पोखराको रेडडिङमा बजारमा ल्याएका हुन् ।

जुन गितको भिडियोमा हिमाल रिजाल, कविता क्षेत्रीको मुख्य भूमिका रहेको छ । उक्त भिडियो पोखराको आसपासमा छायांङ्कन गरिएको हो भने भिडियोको सम्पादन सुवाश अवगाईले गरेका थिए । दाहालले यस अघि रमिता सिरियल लेखन तथा निर्देशन र शिव भजन समेत बजारमा ल्याइसकेका छन् । उक्त कान्छी साली गित रमिता टिभि यूटुव च्यानल मार्फत हेन सकिने भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...