जनताका माग अझै पनि भौतिक पूर्वाधारतर्फ

कपिलवस्तु । बुद्धभूमि नगरपालिकाका अधिकांश नागरिकले जनप्रतिनिधिहरुसँग भौतिक पूर्वाधारका काममा नै पहिलो प्राथामिकताका साथ काम गर्न आग्रह गरेका छन् । नगरपालिकाद्धारा वडा नं ९ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले यस्तो माग गरेका हुन् ।

विगतका वर्षहरुमा भन्दा विकास तीव्र भए पनि अझै विभिन्न सडक निर्माण, मर्मत तथा विद्यालयका कक्षाकोठा निर्माण र सिंचाइका संरचना निर्माण गर्नुपर्ने धारणा राखेका छन् । स्थानीय बुच्चन केवटले खोलाको बाढी आउँदा आवतजावत गर्न समस्या हुने हुँदा पक्की पुल निर्माण गर्नु पर्ने माग राखे ।

त्यस्तै जनज्योती आधारभूत विद्यालयकी प्रअ गोमा घिमिरेले विद्यालयमा कक्षा कोठा थप गरी पठनपाठनमा सहयोग हुने बताइन् । उता अर्का घनश्याम यादवले वडा कार्यालय जाने बाटो पिच गर्नुपर्ने माग गरे ।

अन्य सहभागीले पनि नगरपालिकासँग भौतिक पूर्वाधारकै पक्षमा थप काम गर्नुपर्ने बताए । बुद्धभूमि नगरपालिका वडा नं ८ का अध्यक्ष कपिलदेव तिवारीले आफू निर्वाचित भएर आएपछि विभिन्न क्षेत्रमा काम गरे पनि भौतिक क्षेत्रका ठूला लागतका कामहरु गर्न बाँकी रहेको बताए ।

भौतिक विकासमा करौडौँ लगानी लाग्ने हुँदा नगर र प्रदेश सरकारसँग मागेर भए पनि वडाको विकास गरिरहेको र जनताका माग र समस्या धेरै भएकाले तत्काल सबै काम गर्न स्रोतको कमी भएकाले गर्न नसकिएको बताए ।

साथै तिवारीले विभिन्न क्षेत्रको सहयाग र सहकार्यले नै विकासमा क्रमिक अगाडि बढेको बताए । कार्यक्रममा नगरपालकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीले नीतिगत व्यवस्था र कम जनशक्तिको बाबजुत पनि स्थानीय तहमा उल्लेखनीय मात्रामा कामहरु अगाडि बढेको बताए ।

सो अवसरमा नगर प्रमुख केशवकुमार श्रेष्ठले स्थानीय सरकारसँग जनताका विकासका माग जायज रेहेको औल्याउँदै विकासका क्षेत्रमा एकै पटक शतप्रतिशत काम नभए पनि विस्तारै विकासका कामहरु अगाडि बढेको बताए । सडक, कल्पट, पिच तथा पीसीसी सडकहरु निर्माणका कामहरु सबै वडामा भइरहेको बताए ।

विकास भनेको नै क्रमिक रुपमा हुने हुँदा समानुपातिक रुपमा सबै क्षेत्रमा विकास भैरहेकोसमेत श्रेष्ठले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...