मृत्यु भइसकेका मानिसलाई पुन : जिवित बनाउने वैज्ञानिकको यस्तो प्रयोग

के मृत्यु भएका मानिसलाई पुनः जीवित पार्न सकिन्छ रु तपाईँको जवाफ आउँछ, पक्कै सकिँदैन । तर वैज्ञानिक भने मरेका मानिस बचाउने कोसिसमा लागेका छन् ।

मरेका मानिस बचाउने प्रयोगमा वैज्ञानिकहरू लागिरहेका छन् । उनीहरूले वर्षौँदेखि मृत मानिसलाई ट्याङ्कमा बन्द गरेर राखेका छन् । जहाँ शवलाई बचाउने प्रयोग भइरहेको छ । अमेरिका क्रायोनिक्स नामक उपायको प्रयोग गरेर मानव शरीरलाई ट्याङ्कमा माइनस १९६ डिग्रीमा फ्रीज गरी राखिएको छ ।

जब कसैको मृत्यु हुन्छ छिट्टै वैज्ञानिक तिनको शरीर संरक्षित गर्दै आएका छन् । अमेरिकाको एक एरिजोनामा बनेको ल्याबमा क्रायोनिक्स उपाय प्रयोग गरी मरेका मानिस पुनः जीवित बनाउन कैयौँ शवलाई स्टोर गरी राखिएको छ । भविष्यमा पुनः जीवित हुने चाहमा कैयौँ धनी मानिसले मृत्यु अगावै मोटो रकम दिएर यस प्रयोगमा सामिल भएका छन् । –एजेन्सी

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...