एनआईसी एसिया क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवा सुरु

काठमाडौँ– एनआईसी एसिया क्यापिटलले आईडिया टु आईपीओ सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले नेपालमा पहिलोपटक मर्चेन्ड बैंकिङ सेवाअन्तर्गत यो सेवा सञ्चालन गरेको हो ।

विशेषगरी यो सेवा कृषि, जलविद्युत, होटल तथा पर्यटन, स्वास्थ्य सेवा, कपडा/पोशाक, व्यापार तथा उत्पादन, खनिजमा आधारित, फिनटेक, औषधि, उर्जा, ई–कमर्स, निर्माण तथा आतिथ्य लगायतका क्षेत्रमा प्रचलित कानुनबमोजिम स्थापना भएका सम्पूर्ण कम्पनीहरूले लिन सक्ने पनि क्यापिटलले जनाएको छ ।

आईडीया टु आईपीओ सेवाले जुन सुकै अवस्थामा रहेका कम्पनीहरूलाई सहजै आईपीओ जारी गर्ने अवस्थामा पु¥याउन सहयोग गर्नेसमेत क्यापिटलले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...