प्रदेश सरकारले ग¥यो राजधानीको गुरु योजना बारे छलफल

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले राजधानीको गुरु योजनाका लागि दाङ, अर्घाखाँची, प्यूठानको संगम स्थल देउखुरी उपत्यका क्षेत्रमा समेटीए बनाएको योजनालाई अझै विस्तार गर्ने गरी गुरु योजना बनाएर प्रदेशको राजधानीलाई राम्रो बनाउनको लागि अनुरोध गर्नभयो ।

यस्तो विचार मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणको गुरु योजनाको विषयमा भएको सरोकारवालकाको छलफलमा सरोकारवालालाई निर्देशन दिनुभएको छ । उहाँले पहिलो प्राथमिकता आइतबारदेखि कार्यतालिका बनाएर अगाडि बढाउनको लागि गुरु योजनाका निर्माणका लागि काम पूरा गर्न निर्देशन गर्नुभयो ।

 

आफ्नो कार्यकालको सबै भन्दा बढी लाग्नु भएको मुख्यमन्त्री कुलप्रसाद केसीले सबै भन्दा छिटो राजधानी निर्माणको विषयमालाई स्थानीयबासी र प्रदेशबासीहरुलाई देखिने गरी काम गर्नका लागि अनुरोध गर्नुभभयो ।उहाँले स्थानीयबासी र सरोकारवालाको निकायको बीचमा सहकार्य गरेर अगाडि बढाउनको लागि गुरु योजनालाई निर्माणलाईको जिम्मेवारी बताउनुभएको बताउनुभयो ।

 

प्रदेको राजधानीमा प्रशासनिक केन्द्र, शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, अद्योगिक क्षेत्र, यातायातको सेवा क्षेत्र, व्यापारिक क्षेत्र, उत्पादन क्षेत्र र आवास क्षेत्रका हिसावले विकास गर्नका लागि योजना अगाडि सारिएको गुरु योजना निर्माण इकोकोडिइ नेपाल प्राइभेट लिमिडेडका निर्देशक कुमार धमलाले बताउनुभयोे ।

 

प्रदेशको राजधानी भर्जिन ल्याण्डमा भएकोले गर्दा भवन निर्माणको क्षेत्र, पार्किङ क्षेत्र, सञ्चार होटेल क्षेत्रको समेत पनि गुरुयोजनामा देखाएको छ । साथै गुरु योजनामा यातायात क्षेत्रको सञ्चालमा ५० मिटरको सडक र ३० मिटरको सडक बनाएर फराकिलो बनाउन सकिने बताउनुभयो ।

 

मुख्यमन्त्री केसीले प्रदेश सरकारले मन्त्रालयले संघीय सरकारले दिएको १ अर्ब बजेटबाट १८ विगामा तत्कालै भौतिक संरचना निर्माणका लागि गुरु योजना बनाई कार्यन्वयनमा लग्नुपर्ने बताउनुभयो । आगामी दिनमा छिटो छरिटो रुपमा काम गरी बनाउबनाउनको लागि अगाडि बढाउनको लागि निर्देशन गर्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...