बिटी कपमा दोस्रो चरणको ८ खेल सकिए

पोखरा, चैत २२ गते ।बिटी क्लबको आयोजनामा पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा जारी १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा अहिलेसम्म तारा एफसीका अजित गुरुङ सर्वाधिक गोलकर्ता बनेका छन् । क्लबका अध्यक्ष विजया गुरुङका अनुसार आज भएको दोस्रो चरणको खेल अन्तर्गत तारा एफसी र नयांगल्ली बिच भएको छैटौं खेलमा नयांगल्लीविरुद्ध गुरुङले व्यक्तिगत ५ गोल गरेका थिए । गुरुङको सानदार ५ गोलसँगै तारा एफसी तेस्रो चरणमा प्रवेश गरेको गुरुङले जानकारी दिईन् ।

यसअघि तारा एफसी वाईसीएल एफसीको अनुपस्थितिमा वाकओभर मार्फत विजयी बनेको थियो । गुरुङले उक्त खेलसँगै आज दोस्रो चरणका ८ खेल सकिएको बताईन् । पहिलो खेलमा एयरपोर्ट एफसीले भदौरे एफसीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्याे । एयरपोर्टको जितमा सिआर गुरुङले २ गोलको योगदान दिए भने अनिल महर्जन र निरज चौधरीले समान १ गोल गरे ।दोस्रो खेलमा आयोजक सेतोले बैले एफसीलाई ३–० गोल अन्तरले हरायो । आयोजकको जितमा अन्जन देवकोटा, राम्जी र टिकाराज गुरुङले समान १ गोल गरे ।

 

त्यसैगरी तेस्रो खेलमा मसिना एफसीले सिम्पानी एफसीलाई ५–० गोलको फराकिलो अन्तरले सहज जित निकाल्यो । मसिनाको जितमा दिपेश श्रेष्ठ, प्रताप गुरुङ, सञ्जु नेपाली, सिद्धान्त गुरुङ र कैलाश श्रेष्ठले समान १ गोल गरे ।चौथों खेलमा करापुटार एफसी टिमले एम टुभेल ‘बि’माथी २–१ गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्यो । करापुटारको जितमा मुकेश दुरा र कन्या गुरुङले समान १ गोलको योगदान दिए भने एम टुभेलको तर्फबाट रुविन गुरुङले सान्त्वना १ गोल गरे ।

 

पाँचौ खेलमा एम टुभेलले काउरे बयारघारीलाई १–० गोल अन्तरले पराजिगत गर्याे । डिफेण्डिङ च्याम्पियन एम टुभेलको जितमा काजन गुरुङले निर्णायक गोल गरे ।त्यसैगरी अर्काे खेलमा एलजी एशोसियसनले दिप युनाईटेडलाई १–० गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्यो । एलजीको जितमा सिद्धार्थ रन्जितले निर्णायक गोल गरे ।

 

आज भएको अन्तिम खेलमा स्याङ्जा एफसीले बिटी एफसीलाई २–१ गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्यो । स्याङ्जाको जितमा रोनिश गुरुङ मुक्त थापाले समान १ गोल गरे भने बिटीको तर्फबाट सप्नीत गुरुङले जवाफी सान्त्वना १ गोल गरे । आयोजकका अनुसार भोली (बुधबार) पनि दोस्रो चरणका खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगिता विजेता टोलीले १ लाख ५१ हजार १ सय ५१ र उपविजेता टोलीले ९१ हजार १ सय ११ रुपैंया प्राप्त गर्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...