राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिता शुरु

पोखरा, बैशाख २ गते ।युवा तथा खेलकुद मन्त्रलाय गण्डकी प्रदेशको आयोजनामा राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको शुक्रबार उदघाटन समारोह भएको छ । शुक्रबार पोखरा रंगशालामा ४ खेल सम्पन्न भएको छ ।

शुक्रबार विहान भएको खेलमा पोखराको बगर भाइखलकले वालिङ भे«टान टिमलाई ५–१ को फराकिलो गोल पराजित गरेको छ । खेलको दोस्रो मिनेटमै मोती कुँवरको गोलबाट वालिङ भेट्रानले अग्रता लिएको थियो । बगरभाइ खलकले बराबरी गोल फर्काउन सफल भयो । पहिलो हाफ बराबरीमा भएको खेलमा २८ औं मिनेटमा प्रकाश गुरुङ, ३० मिनेटमा टिकेन्द्र गुरुङ, ३२ मिनेटमा गंगा तामाङ(प्लेयर अफ दि म्याच) र ४६ औं मिनेटमा दिपक पुनले गोल गरेका थिए ।

 

पोखरा रंगशाला फुटबल मैदानमा आयोजित प्रतियोगिताको दोस्रो खेलमा लेकसाईड भेट्रान टिमले जित्यो । उसले पोखरा भेट्रानलाई १–० ले पराजित गर्यो । लेकसाईडको जितमा १६ औं मिनेटमा नरेश गुरुङले गोल गरेका थिए । खेलमा मनबहादुर गुरुङ प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
युवा तथा खेलकुद मन्त्री राजीव गुरुङको कप्तानीमा खेलेको मनाङ मस्र्याङ्दी क्लबले पनि जितेको छ । मनाङ भेट्रान टिमले पोखराको दिप युनाईटेडलाई ५–३ गोल अन्तरले पराजित गरेको थियो । मनाङका कर्मा छिरिङ गुरुङले ह्याट्रिक गरे । २ र ६ मिनेटमा बीरबहादुर गुरुङले गोल गरेर दिप युनाईटेडको अगाडि बढाए । खेलको १३ औं मिनेटमा मनाङका लागि कर्मा छिरिङ गुरुङले गोल फर्काए ।

 

खेलको ४० औं मिनेटमा दिप युनाईटेडका लागि दलबहादुर लामाले गोल गरे । ४२ औं मिनेटमा मनाङका कर्मा छिरिङले व्यक्तिगत दोस्रो गोल गरे । ४८ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कर्माले ह्याट्रिक पुरा गरे । ६० औं मिनेटमा सुमनमान श्रेष्ठले गोल गर्दै जितको आशा जगाउदाँ ६१ औं मिनेटमा सुमन श्रेष्ठले गोल थप्दै मनाङको जित सुनिश्चित बनाए । मनाङका कर्मा प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगितामा सिमरा भेट्रान टिम अनुपस्थित भएपछि पोखराको संगम भेट्रान अन्तिम आठमा प्रवेश गर्यो ।

 

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा सञ्चालित प्रतियोगिताको उदघाटन गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गरेका थिए । प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ । पोखरा, काठमाडौं, हेटौडा, वालिङ लगायतका शहरबाट भेट्रान टोलीको प्रतिस्पर्धा रहेको छ । प्रतियोगिता विजेताले नगद ३ लाख, उपविजेताले १ लाख ५० हजार, दुई सेमिफाईनलिष्ट टोलीले नगद ३० हजार, सर्वोत्कृष्ठ खेलाडीले नगद २० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीहरुले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङका अनुसार शनिबार ६ खेल खेलाईने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...