प्रथम गोर्खा खुल्ला भेट्रान्स डबल्स तथा अन्तर पल्टन ब्याडमिन्टन प्रतियोगिता हुने

पोखरा, बैशाख ३ गते ।गोर्खा कम्युनिटी पोखराले प्रथम गोर्खा खुल्ला भेट्रान्स डबल्स तथा अन्तर पल्टन ब्याडमिन्टन प्रतियोगिता २०७९ गर्ने भएको छ।बीर तथा इमान्दार गोर्खाजहरुको स्थापना भएको २०७ वर्षको उपलक्ष्यमा बैशाख ११ र १२ गते पोखरा ८ बगालेटोलस्थित सोपाल तमु समाज ब्याडमिन्टन हलमा प्रतियोगिता गरिने शनिवार सोपाल समाज भवनमा आयोजि पत्रकार सम्मेलनमा जानकारी गराईएको हो।

३८ देखि ५५ वर्ष, ५६ देखि माथि र अन्तर पल्टन टिम प्रतियोगिता(डबल्स र सिंगल)इभेन्टका खेलहरु हुने प्रतियोगिता संयोजक तथा गोर्खा कम्युनिटि पोखरामा संस्थापक अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो।समाज विकासका लागि भुमिका रहेको गोर्खाजहरुलाई खेल मार्फत पोखरालाई योगदान पुर्याउन आयोजित प्रतियोगिताको खुल्ला डबल्सतर्फ प्रथम हुनेले २५ हजार, द्धितियले १५ हजार, तृतियेले १० हजार रुपैयासहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत हुने र अन्तर पल्टन विजेता हुनेले समेत २५ हजार, द्धितियले १५ हजार, तृतियेले १० हजार रुपैयासहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत हुने आयोजकले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख ५० हजार खर्च हुने र १०० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।

 

प्रतियोगितामा सहभागीका लागि बैशाख ९ गते भित्र पेन्सन पट्टाको फोटोकपी, पासपोर्ट साईको फोटोसहित खेलाडीको नाम दर्ता गर्नुपर्ने र बैशाख १० दिनको १२ बजेभित्र ोखरा १० बुद्धचोकस्थित गोर्खा सहकारी भवनमा खेलको टाइसिट सार्वजनिक गरिने गोर्खा कम्युनिटि पोखराका अध्यक्ष क्या.चोकबहादुर गुरुङले जानकारी दिनुभयो।

 

अध्यक्ष क्या.गुरुङले गोर्खाहरुलाई नेपाली खेलकुद क्षेत्रमा पनि ठुलो भुमिका रहेको भन्दै गोर्खाजको योगदानलाई सम्मान गर्न पत्रकार सम्मेलनमा आग्रह गर्नुभएको थियो । यसरी नै रेडियो गार्खालीकी संस्थापक अध्यक्ष सावित्री गुरुङले मिडियाले गोर्खाजहरुको गतिविधीलाई प्रचार प्रसारमा कन्जुस्याई नगर्न अनुरोध गर्नुभयो।गोर्खा कम्युनिटी पोखराका अध्यक्ष क्या.चोकबहादुर गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेनको संचालन नासु.बालकृष्ण सुवेदीले गर्नुभएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...