राष्ट्रिय पौडी प्रतियोगिता यसै महिना

नेपाल पौडी सङ्घको आयोजनामा २४औँ खुला तथा उमेर समूह पौडी प्रतियोगिता हुने भएको छ । यही वैशाख २२ र २३ गते हुने उक्त प्रतियोगिताको खेल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुनेछ ।
प्रतियोगितामा कूल २३ विधामा प्रतिस्पर्धा हुने आयोजक सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा महिला र पुरुष गरी करिब १५० खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता हङ्गेरीमा हुने १९आँै विश्व पौडी प्रतियोगिता, पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र चीनमा हुने एसियन गेम्सलाई मध्यनजर गरी आयोजना गर्न लागिएको सङ्घले जनाएको छ ।

यस प्रतियोगितामा १९औँ विश्व पौडी प्रतियोगिताको अन्तिम तथा एसियाली खेलका लागि पहिलो चरणको छनोट प्रतियोगितासमेत रहेको सङ्घले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...