किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत

प्रदेश नंं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले केही बाधा अड्काउ फुकाउनेलगायत निर्णय गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत गरेको छ । प्रदेश नं १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बाधा अड्काउ फुकाउने निर्णयपछि सम्बन्धित मन्त्रालयका मन्त्रीलाई लगानी प्राधिकरणको सदस्य बन्ने बाटो खुल्नेछ ।

किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका, २०७९ जारीपछि विद्यालय लक्षित किशोरी सशक्तीकरण कार्यक्रमअघि बढ्ने प्रवक्ता घिमिरेले जानकारी दिनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...