पोखरा ९ मा प्रेम गुरुङको प्यानल जिताउ अभियान

पोखरा , बैशाख ३० मा हुन लागेको स्थानिय निर्वाचनमा अत्यधिक मतले नेकपा एमालेका उम्मेदवारलाई जिताउन पार्टी एकढिक्का भएर चुनावी प्रचारप्रसारमा लागेको छ । सांगठनिक हिसाबले कमजोर देखिएको पोखरा ९ मा एमाले उम्मेदवारलाई जिताउन प्रकाश शर्माको संयोजकत्वमा निर्वाचन कमिटि परिचालन गरिएको हो ।

संयोजक शर्माले पार्टी विरुद्ध मोर्चाबन्दी गरेर गइरहेको अवस्थामा एमालेका उम्मेदवारलाई जिताउन सबै एकजुट भएर लाग्नु पर्ने बताए । उनले वडा नं. ९ को मुख्य समस्याको रुपमा देखिएको अव्यवस्थित वसोबास र भूमिबिहिनहरुको समाधान गर्न एमालेलाई मतदान गरेर जिताउन आग्रह गरे । संयोजक शर्माले वडाका सबै उम्मेदवारलाइ जिताउन अबको १५ दिन दिनरात नभनेर खटिन पार्टी कार्यकर्तालाई आग्रह गरे ।

वडा अध्यक्षका उम्मेदवार प्रेम गुरुङले सडक, अव्यवस्थित वसपार्क , सुकुम्बासीका समस्या लगायत हाल वडामा देखिएका समस्या समाधन गर्न आफ्नो उम्मेदवारी दिएको बताए । उनले आफुले जितेपछि पूर्वाधार निर्माणलाई जोड दिँदै ९ नं. वडालाई पोखराको मुटु बनाउने प्रतिवद्धता ब्यम्त गरे ।

जिल्ला सदस्य एवं वडा इन्चार्ज गोपी तुलाचनले पाँच दलिय गठबन्धनको सरकारले राष्ट्रिय हितका सवालमा कुनै काम नगरेको बताउँदै यो पटक एमाले उम्मेदवारलाई जिताउन वडावासीमा आग्रह गरे ।

सह संयोजक सिता परियारले वडा नं ९ को विकासकालागि एमाले उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताइन । उनले विगतका नतिजा हेर्दा नमिठो भएपनि यो पटक एमालेले जितेर नयाँ इतिहाँस रच्ने दावी गरिन ।

प्रदेश कमिटि सदस्यहरु रम्मि आचार्य, हुम गुरुङ, दुर्गा प्रसाद श्रेष्ठ, किसान विश्वकर्मा, राज कुमार सुवेदीलगायतले हाल वडामा कांग्रेसले विकासको नाममा सिनको नभाचेको, उल्टै जनताले सास्ती मात्रै खेप्नु परेको बताउँदै यो चुनावमा एमालेको जित सुनिश्चित भएको दावी गरे । विकास र समृद्धि चाहेका वडाबासीको एमालेलाई साथ रहने भन्दै उम्मेदवारहरुलाई जितको अग्रिम शुभकामना दिए ।

यसैबीच, शुक्रबार पार्टी कार्यालय कास्कीमा बसेको निर्वाचन परिचालन कमिटीको पूर्ण बैठकले  शनिबार सुर्योदयसँगै घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको एमाले वडा सचिव जगदिश खनाले जानकारी दिए ।
वडा नं ९ को अध्यक्षमा प्रेम गुरुङ, सदस्यहरुमा ध्रुव कुमार श्रेष्ठ, संजय कमर, महिला सदस्यमा लक्ष्मी गुरुङ र सरस्वती नेपालीको उम्मेदवारी रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...