कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयाे

काठमाण्डौ – काठमाण्डौको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

गएराति प्रदेश नम्बर ०३–०२००५ प ५८७७ नम्बरको मोटरसाइकल कोटेश्वरमा अनियन्त्रित भइ नालीमा खस्दा २२ वर्षका सचिन श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका काभ्रे उग्रतारा गाउँपालिका वडानम्बर ७ का श्रेष्ठको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...