राजु तिमिल्सिनाको प्रतिवद्धता :बाख्रा पालन व्यवसायमा अनुदान

पोखरा । पोखरा १८ मा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षको उम्मेदवार राजु शर्मा तिमिल्सिनाले जनताको जनातको जिवन स्तर सुधारको लागि आफुले बाख्रा पालन व्यवसायमा विशेष अनुदानको व्यवस्था गर्ने घोषण गरेको छन् ।

तिमिल्सिनाले पोखरा बाख्रा पालन व्यवसायमा लागेका र १ देखी २० वटा सम्म पल्नेलाई प्रतिबाख्रा १ हजारको दरले प्रत्येक वर्ष अनुदानको व्यवस्था गर्ने बताएका छन् । २० भन्दा बढि बाख्रा पाल्नेलाई २० हजार रुपैयाँ अनुदान दिने बताएका छन् ।

 

राजुले यस भन्दा अघि नै वडामा निर्वाचित भएपछी सरकारी सेवा सुबिधा बापत पाएको रकम सामाजिक सेवामा खर्च गर्ने बताएका दिए ।पोखरा १८ को विभिन्न बस्तीमा बिजुली जडान गर्ने, घर घरमा धारा जाडान गर्ने लगायतका काम गर्दे आएका छन् ।

 

आफु सधै जनताको सेवामा नै खटिने भन्दै आफु वडाध्यक्षको उम्मेदवारी दिएको भन्दै आफुलाई भोट दिएर जिताउन सबै संग अनुरोध गरे ।उक्त वडामा महिला सदस्यमा दुर्गा अधिकारी, दलित महिला सदस्यमा खुल्ला सदस्यमा उमनाथ तिमिल्सिना र हुमविर पुनले उम्मेदवारी दिएका छन् ।१२ गतेबाट उनले चुनावी प्रचार प्रसारको कार्याक्रम सुरु गरेका हुन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...