पोखरा १ का काँग्रेस उम्मेदवारले सके घरदैलो

पोखरा, वैशाख २१ गते ।३० गतेहुने तय भएको स्थानीय तहको मतदानको दिन नजिकीदै गर्दा उम्मेदवारहरु आ आफनो क्षेत्रको घरदैलो कार्यक्रममा व्यस्त रहेका छने । पोखरा महानगरपालिका अन्र्तगत १ नम्वर वडामा नेपाली काग्रेसका उम्मेदवारहरुले आफनो वडाको घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।


१४ वैशाखदेखि सुरु भएको घरदैलो कार्यक्रम सकिएपछि उम्मेदवारहरु अव मतदातालाई मत राख्ने तरिका सगै राखेको मत खेर जान जनाओस भन्ने उदेश्य सहित मतदाता शिक्षाका लागि मतदाताका माझ पुग्ने भएका छन् । घरदैलो सम्पन्न भएपनि बुधवार नेपाली काग्रेस वडा नम्वर १ प्रचार समितिले आफनो वडाभित्र मोटरसाईकल र्याली सम्पन्न गरेको थियो । अव बिहिबारदेखि उम्मेदवारहरुसगै पार्टीका नेता तथा कार्यकत्र्ता मतदाता माझ मतदाता शिक्षा सगै कोण सभा र प्रशिक्षणमा लाग्ने वडा अध्यक्षकी उम्मेवार सीता गुरुङले जानकारी दिईन । अध्यक्षमा सीता सगै सदस्यहरुमा सुनिता कुँवर नेपाली, पार्वती खनाल पोख्रेल, मेघबहादुर गुरुङ र रामजीप्रसाद पौडेल उम्मेदवार रहेका छन् ।

सीता भन्छिन अव हाम्रो उदेश्य भनेको मतदाताले हालेको मत शत प्रतिशत सदुपयोग होस र खेर नजाओस भन्ने हो, जस्का लागि मत राख्ने तरिका सगै मतदाता शिक्षा कार्यक्रम लिएर मतदाताका माझ जान्छौ । यो सगै पार्टीका उम्मेदवारका पक्षमा माहोल बनाउन कोणसभा सगै प्रशिक्षण कार्यक्रम समेत सुरु गछौ । यस अघि फरक तरिकाले घरदैलो गरेका वडा अध्यक्ष सहित सदस्यका उम्मेदवारहरु ‘सास्ती हैन सुविधाका लागि, स्वार्थी हैन ईमान्दारीताका लागि’ भन्दै आफनो वडाका टोल टोलमा प्रत्येक मतदाताको घरदैलोमा पुगि प्रत्यक्ष रुपमा सुझाव संकलन गरेका थिए ।

घरदैलोमा पुगेका उनीहरुले घरदैलो सगै स्थानीय मतदाताले आफ्नो क्षेत्रमा भोग्नुपरेका समस्या, वडाले दिने सेवासुविधा सहज र जनमुखी कसरी बनाउने, वडामा निर्वाचित भएपछि प्राथमिकतामा राख्नुपर्ने काम के–के हुन् भनी मतदाताहरुसंग सुझाव मागेका थिए र आएका सुझाव संकलन गरेको अध्यक्षकी उम्मेदवार सीताले जानकारी दिईन । घरदैलोमा पुग्दा मतदाताले गरेका स्वागत सत्कार सगै स्नेहका कारण आफनो जित सुनिश्ति रहेको उनको दाबी छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...