पोखरा १९ मा एमालेका उमेद्वार उत्साहित

पोखरा, वैशाख २२ गते ।जनताको घरदैलोमा पुगेका नेकपा एमाले पोखरा १९ का उमेद्वार मतदाताको आशीर्वादले उत्साहित बनेका छन् । करिव १ हप्तादेखि जनताको घरदैलोमै समय बिताएका उनीहरूले भोट मात्र मागेका छैनन्, उनीहरूका गुनासा र सुझावलाई समेत टिपोट गरिरहेका थिए । वडाध्यक्षका उमेद्वार इमानराज पौडेलले आफूहरु समग्र पोखरा १९ को विकासमा प्रतिवद्ध रहेको र अघिल्लो नेतृत्वले सुरुवात गरेका कामलाई निरन्तरता दिइने बताए ।

उमेदवार सहितको टोलिले आज पुरून्चौरको रैकर, अधिकारी थर, पौडेल थर, प्यान, लामाचौरको भुनपरे, गौतम थर लगायत क्षेत्रमा घरदैलो गरेर पार्टीको पक्षमा मत मागेका थिए ।घरदैलोमा प्रदेश कमिटीका सचिवालय सदस्य माधव बास्तोला, सदस्य शोभामोहन पौडेल, उमनाथ गौतम, वलराम भण्डारी, बलराम गौतम, जिल्ला सदस्य एवं वडा इन्चाज सुरेन्द्रमान सिंह भण्डारी, अर्जुन अधिकारी, गीता गौतम तिवारी, महानगर कमिटी सदस्य लक्ष्मी अधिकारी, वडा कमिटीका अध्यक्ष विण्णु गौतम, सचिव विकास गौतम, पूर्व जनप्रतिनिधि तेजबहादुर अधिकारी, निलकण्ठ बास्तोला, दुर्गाबहादुर केसी, शिक्षासेवी बैकुण्ठ पौडेल लगायतले देश र जनताको पक्षमा मत दिई पार्टी र समृद्धि विरोधीलाई पराजित गर्न आग्रह गरे ।यही २४ गते पोखरा महानगरका प्रमुख र उपप्रमुखका उमेद्वारसहित जनताको घरदैलोमा जाने बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...