मतदाताहरुलाई एक पटक मत दिन पोखरा १० का एमाले उमेदवारको आग्रह

पोखरा २४ वैशाख /नेकपा एमाले पोखरा १० का उमेदवारहरुले पोखरा २० मा नेपाली कांग्रेसले जितेपनि महानगरको मेयर एमालेले जित्ने भएकाले आफ्ना मतदातालाई मत खेर नफाल्न आग्रह गरेका छन । स्थानिय तहको निर्वाचनका लागी नेकपा एमाले पोखरा १० बाट अध्यक्षका उमेदवार रहेकी पवित्रादेवी गुरुङको टीमले यो पटकको स्थानिय तहमा आफ्नो टीमलाई मत दिन आग्रह गरेका हुन ।

मतदाताहरुलाई एक पटक मत दिन पोखरा १० का एमाले उमेदवारको आग्रह

मतदाता संग मत माग्दै अध्यक्षका उमेदवार पवित्रादेवी गुरुङले पोखरा १० बाट जहिले पनि नेपाली कांग्रेसले जनप्रतिनिधी भएर वडामा प्रतिनिधित्व गरेतापनि पोखरा महानगरमा एमालेको नेतृत्व हुंदा वडामा बिकास छाउन नसकेको मतदाता समक्ष वताइन । वडाको बिकासका लागी जनताले मत दिएको भएतापनि त्यसको सदुपयोग हुन नसकेको वताउदै गुरुङले यो पटक एमालेका उमेदवारहरुलाई मत दिएर एक मतको सदुपयोग गर्दै यो पटक आफुहरुलाई मौका दिन समेत आग्रह गरिन ।

उनले थपिन “नेपाली कांग्रेसका कार्यकर्ताहरु यतिवेला चोक चोकमा टोल टोलमा सुनाउदै हिडेका छन रे हामीले जितेपनि महानगरमा एमालेको नेतृत्व रहेकाले बिकास गर्न सकिदैन भनेर ” त्यो कुरा सही हो उनले भनिन “तर उनीहरुले यो पटक पोखराको मेयरमा गठबन्धनका उमेदवारलाइ मेयर बनाएर हिडेका छन उनीहरुको जित सहज छैन फेरिपनि एमालेलेनै महानगरको नेतृत्व गर्छ त्यसैले मत खेर नफाल्नुस” ।मतदाताहरुले पनि आफुहरुको टोलमा रहेको समस्याहरु एमालेका उमेदवारहरुलाई वताएका छन । मतदाताहरुले वडाभित्र कुनैपनि बिकासको काम हुन नसकेको र नया टीम आएर वडाको बिकासमा लाग्न समेत उनीहरुले उमेदवारहरुलाई आग्रह गरेका छन ।

एमालेका उमेदवारहरुले मतदाता समक्ष विभिन्न ३६ वुंदे प्रतिवद्धता पत्र बोकेर घरघरमा मतदानको लागि आग्रह गरिहरहेका छन । पोखरा १० को घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको निर्वाचन परिचालन कमिटिका संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए । यसैविच शनिवार घरदैलो कार्यक्रम अन्तर्गत अमरसिंह पूर्वतर्फको बाटो हुदै नागिन टोल, शिवचोक, पोखरा औधोगिक क्षेत्र, बेथानीटोल दांया वांया, सुनकोसी टोल दांया बांया, हिमाली मार्ग, समृद्ध मार्ग, मिलन टोल हुदै जनप्रिय टोलमा पुगी समापन भएको प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...