हिंसात्मक आक्रमणको निन्दा

७ बैशाख : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कंगोमा हालै सर्वसाधारण व्यक्तिमाथि भएको हमला र हत्याको कडा शब्दमा निन्दा गर्नुभएको छ । उहाँले हतियारधारी समूहले निहत्था सर्वसाधारणमाथि गरेको हमलाको निन्दा गर्दै यस्ता कार्य तुरुन्त रोक्न र दोषीमाथि कडा कारबाही गर्न माग गर्नुभएको छ ।

उहाँका प्रवक्ताले कंगोको इतृुरी प्रान्तको डिजुगु क्षेत्रमा सोमबार आएका हतियारधारीहरुले अकस्मात हमला गरेर कम्तीमा पनि ३८ जनाको ज्यान लिएको घटनाको विज्ञप्तिमार्फत् निन्दा गरिएको छ । सो हमलामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन् भने यहाँ मारिएका ३८ जनामा महिला र बालबालिका पनि परेका छन् ।

यसरी सर्वसाधारण नागरिकमाथि विना कुनै कारण हुने गरेका हमला अमानवीय भएकाभे भन्दै महासचिव गुटरेसले यस्ता कार्य रोक्न माग पनि गर्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...