माओवादी कार्यकर्ताले अध्यक्षका उम्मेदारमाथि आक्रमण गरेपछि कांग्रेसले रोक्यो मतगणना

रुपन्देही । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले गुल्मीको धुर्कोट गाउँपालिका -४ जैसीथोकका अध्यक्षका उम्मेदवार गोपाल थापामाथि आक्रमण गरेपछि अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । शुक्रबार साँझ गाउँपालिकाको केन्द्र बर्बोटमा मटपेटिका संकलन गरी गफ गरेर बसिरहेको अवस्थामा थापामाथि आक्रमण भएको हो ।

रक्सिको बोतल , हेल्मेट , ढुंगा र फलामका रडले आक्रमण गर्दा वडानम्बर ४ का वडाअध्यक्षका प्रत्यासी गोपाल थापालाई टाउकोमा गम्भीर चोट लागेको स्थानीय प्रत्यक्षदर्शी राम भण्डारीले बताए।उनीमाथिको आक्रमण रोक्न खोज्दा निरन्जन कुवँर, सन्जयलगायतका ४ जना घाइते भएका छन् ।

नेपाली कांग्रेसले माओवादीका नेता एवम् पालिका अध्यक्षका प्रत्यासी भुपाल पोख्रेलको निर्देशनमा माओवादीका कार्यकर्ताले एक्कासी आएर आक्रमण गरेको आरोप स्थानीय गणेश भण्डारीले बताए । नेपाली कांग्रेका नेता तथा सो पालिकाका अध्यक्षका प्रत्यासी महेन्द्र प्रसाद भण्डारीले व्यक्तिमाथि आक्रमण गरिनु पराजित मानसिकताको संकेत भएको भन्दै अपराधीलाई कडा कारबाहीको माग गरेका छन् ।

घाइतेहरुलाई जिल्ला अस्पतालबाट काठमाडौ रिफर गरिएको छ । घटनापछि मतगणना अन्यौलमा परेको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन्। कांग्रेसले माओवादी नेता भुपाल पोख्रेलले घटनाको जिम्मा नलिएसम्म गणना गर्न नदिने निर्णय गरेपछि लम्बिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...