पोखरामा मतगणना अझै सुरु भएन,सर्वदलीय बैठक जारी

पोखरा — पोखरा महानगरपालिकामा मतगणना अझै सुरु भएको छैन । आज विहानैबाट गणना गर्ने भनिएपनि सर्वदलीय बैठक बस्नै ढिला भएकाले गणना सुरु भएको छैन् । मतगणनाका लागि सर्वदलीय छलफल चलिरहेको छ । पार्दीस्थित निर्वाचन आयोगको कार्यालयमा दल र स्वतन्त्र उम्मेदवारका प्रतिनिधि सहित बैठक जारी छ ।

यता मतगणनास्थल सहिद चोकमा दलका कार्यकर्ता जम्म हुन थालेका छन् । निर्वाचन आयोगले महानगरको मतगणना जिल्ला समन्वय समिति र उपत्यका नगर विकास समितिको हलमा गर्दै छ । सर्वदलीय बैठक सकिने वित्तिकै मतगणना सुरू हुने आयोग कास्कीका सूचना अधिकारी रूद्र न्यौपानेले बताए । उनका अनुसार एकपल्टमा ८ वटा वडाका मतपेटिका खोलेर गणना गरिने छ ।

कास्कीका रूपा गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकामा मतगणना जारी छ । अन्नपूर्ण र मादी गाउँपालिकामा सर्वदलीय बैठक सम्पन्न भएका छन् मादीमा ११ बजेबाट गणना गर्ने सहमती दलहरुवीच भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...