विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसको अग्रता कायमै

विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै छ ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदका उम्मेदवार कांग्रेसका नागेश कोइरालाले १४ हजार ६१ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का सागर थापाले १० हजार ६९२ र स्वतन्त्र उम्मेदवार उमेश यादवले चार हजार ५०१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले १२ हजार २३२ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ । उहाँको प्रतिस्पर्धी गठबन्धन दलबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले सात हजार ४४० र राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले तीन हजार ४७० मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...