पोखरामा ४७४६६ मत गनियो,मेयरमा आचार्य र उपमेयरमा गुरुङको अग्रता

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा एकिकृत समाजबादीका धनराज आचार्य र उपमेयरमा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता लिएका छन् । बैशाख ३० गतेसम्म स्थानीय तहको निर्वाचनमा भएको मतदानको मतगणना भैरहेको छ । पोखराको सहिदचोक स्थित जिल्ला समन्वय समिति र उपत्यका नगरविकास समितिको कार्यालयमा मतगणना भैरहेको छ । आज विहान सम्म ४७ हजार ४६६ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जानकारी दिएको छ ।

प्राप्त परिणाम अनुसार गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १९ हजार ६१५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले १७ हजार ५१२ मत सहित पछ्याइरहेका छन् । उनी आचार्यभन्दा दुई हजार १०३ मतले पछाडी परेका छन् ।

 

राप्रपाको तर्फबाट मेयर पदका उम्मेदवार शंकर खरालले एक हजार १९६२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार गनेश पौडेलले १०२४ मत प्राप्त गरेका छन् ।यता उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । उनले २० हजार दुई मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट उपमेयर पदकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले १९ हजार ७७४ मत प्राप्त गरेकी छन् ।

 

उपमेयरमा नेकपा एमालेका उम्मेदवार मञ्जु गुरुङ भन्दा कोपिला रानाभाट २२७ मतले पछाडी परेकी छन् । मेयरमा सुरुवातदेखिनै मतान्तर रहेपनि उपमेयरमा भने कम मात्रैको मतान्तर रहेको छ । उपमेयरमा राप्रपाकी उम्मेदवार रञ्जु सेनले १७४४ मत प्राप्त गरेकी छन् । पोखरा महानगरपालिकामा एक लाख ४३ हजार २२६ मत खसेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...