पोखरा महानगरपालिकाको उपमेयरमा गुरुङको अग्रता

पोखरा । पोखरा महानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । । बैशाख ३० गतेसम्म स्थानीय तहको निर्वाचनमा मतगणना जारी पोखराको सहिदचोक स्थित जिल्ला समन्वय समिति र उपत्यका नगरविकास समितिको कार्यालयमा मतगणना भैरहेको छ ।

पछिल्लो मतगणना अनुसार पोखरामा ५० हजार १ सय १७ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जानकारी दिएको छ ।मतगणना अनुसार १४ मतले मञ्जुले गठबन्धनकी उमेदवार कोपिला रानाभाटलाई पछाडी पादै अग्रता कायम गरेकी छन् ।

यता पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन् ।आचार्यले २० हजार ७ सय ४९ मत प्राप्त गरेका छन भने एमाले उम्मेदवार कृष्ण थापाले १८ हजार ३ सय ६६ सहित पछ्याइरहेका छन् । एक लाख ४३ हजार २२६ मत खसेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...