पोखरामा लौरोलाई १५ सय ७७ मत

पोखरा, जेठ ६ गते ।पोखरा महानगरपालिकाको मतगणना जारी छ । मतगणना अन्र्तगत पोखरा १४ मा अटेरी अभियानको तर्फबाट मेयर पदका लागि स्वतन्त्र उम्मेद्बारी दिएका गनेस पौडेलले आफ्नो गृह वडामा सर्वाधिक तेस्रो मत प्राप्त गरेका छन । उनको चुनाव चिन्ह लौरो रहेको छ । उलने २५०० मत गन्दासम्म २७३ मत प्राप्त गरेका छन् ।


यसअघि अन्य वडामा तेस्रो स्थान लिँदै आएको राप्रपा यहाँ पछाडी परेको छ । पोखरा १४ राप्रपाको लागि राम्रो वडा मानिन्थ्यो । यो वडामा स्वतन्त्र उमेदवार पौडेलले २७३ मत ल्याउँदा राप्रपाले गर्दा १०१ मत प्राप्त गरेको छ । यस वडामा एमालेका मेयर उम्मेदवार कृष्ण थापाले ७ सय ६७ मत र कमलका उम्मेदवार धनराज आचार्यले ९ सय १५ मत प्राप्त गरे ।

 

त्यस्तै एमालेक उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुगले ८८९ र काँग्रेका उपमेयर उम्मेदवार कोपीला रानाभाटले ११ सय २७ मत प्राप्त गरिन ।यो वडा विगतमा नेकपा एमालेले जितेपनि यस पटक काँग्रेसले अग्रता लिएको छ । पोखरा महानगरमा अहिलेसम्म ६४ हजार ११ मत गणना हुदाँ लौरोले १५ सय ७७ मत प्राप्त गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...