पोखरामा ६४ हजार मत गणना, गठबन्धनको अग्रता

पोखरा, जेठ ६ गते । पोखरा महानगरपालिकाको मतगणना जारी छ । निर्वाचन सम्पन्न भएको सातासम्म ६४ हजार ११ मत गणना भएको छ । आज विहानसम्मको मत गणना अनुसार मेयर उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् । नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले एमाले उम्मेदवार कृष्ण थापालाई फराकिलो अन्तरमा अग्रता लिई रहेका छन्।

उपमेयर पदमा भने नेकपा एमालेकी मन्जुदेवी गुरुङ र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट बीच कडा टक्कर जस्तो देखिएको छ। मतगणना जारी रहदा यी दुई मध्ये कसले जित्ने हो यसै भन्न सकिने अवस्था छैन।

 

पोखरामा खसेको एक लाख ४३ हजार मत मध्ये हालसम्म ६४ हजार ११ मत गणना भएको छ। गणना भएको मतमध्ये एकीकृत समाजवादीका उम्मेदवार २६ हजार चार सय ११ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २३ हजार दुइसय ४५ मत ल्याएका छन्।

 

पोखराको उपमेयर पदमा कोपिला रानाभाट र मन्जुदेवी गुरुङले पालोपालो अग्रता कायम गरेका छन्। त्यसपटक भने नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट झिनो मतले गुरुङभन्दा अघि छिन्।रानाभाटले २६ हजार छसय ४४ मत पाएकी छिन् भने गुरुङले २६ हजार पाँच सय ७८ मत ल्याएकी छिन।

 

पोखरा महानगरपालिकाको वडा नम्बर २, ३, ४, ७, ९, १२, १३, २३, र २६ मा नेपाली कांग्रेसले प्यानलसहित जितेको छ भने नेकपा एमालेले १, ५, ६, ८, २० मा प्यानल सहित जितेको छ। घोषणा भएका २४ र २५ मा मिश्रित परिणाम आएको छ। यी दुवै वडामा नेकपा एमालेबाट चार चार सदस्यमा र वडाध्यक्षमा काँग्रेस उम्मेदवा बिजयी भएका छन्।

बिगतका तुलनामा यसपटक लालकिल्ला भनेर पहिचान बनाएको पोखरा १३ मा नेपाली कांग्रेसका उम्मेदवारहरु प्यानालासाहित बिजयी भएका छन् भने वडा नम्बर २४ र २५ मा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...