पोखरामा ८० हजार मतगणना, काँग्रेस र एमालेले कति मत ल्याए ?कुनकुन वडा जिते

पोखरा, जेठ ७ गते ।पोखरा महानगरपालिकामा मतगणना जारी छ । हालसम्म ५० प्रतिशत भन्दा बढी गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल ३३ वटा वडा रहेको महानगरमा हालसम्म १६ वटा वडाको नतिजा सार्वजनीक भएको छ ।

जसमध्ये नेपाली कांग्रेसले १२ वटा वडा र नेकपा एमालेले ५ वटा वडामा जित हासिल गरेको छ । महानगरका २, ३, ४, ७, ९, १२, १३, २३, २४, २५ र २६,, २७, वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने १, ५, ६, ८ र २० वडामा नेकपा एमालेले जितेको छ ।अहिले १०, ११, १४, १५, १६, २७, २८ र २९, १७, ३० र ३१ को मतगणना भैरहेको छ । १६, १७, २१, ३३ लगायत वडाहरुमा बढी मतदाता छन् । ५० प्रतिशतभन्दा बढी गणना सकिँदा मेयरमा गठबन्धन उम्मेद्वार र उपमेयरमा एमाले उम्मेदवारको अग्रता छ ।

 

आचार्यले २९ हजार ८ सय ७ मत प्राप्त गरेका छन् भने एमालेका कृष्णबहादुर थापाले २६ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् । ७२ हजार ९ सय १८ मत गणना हुँदा आचार्यले ३ हजार ४ सय ४२ मतले अग्रता कायम गरेका छन् । पोखरामा ८०१५४ मत गणना हुँदा गठबन्धनका उम्मेदवार धनराज आचार्यले ३२४८० मत प्राप्त गरेका छन भने एमाले उम्मेदवार कृष्ण थापाले २९०४१ मत प्राप्त गरेका छन् । आचार्यले ३४३९० मतले अग्रता कायम गरेका छन् ।

 

मेयरमा राप्रपाको हलो चिन्हले ३५२० मत ल्याउदा लौरो चिन्हले २२४९ मत ल्याएको छ । उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ३३२२१ मत प्राप्त गर्दा काँग्रेस उम्मेदवार कोपिला रानाभाटले ३२९५९ मत प्राप्त गरेकी छन । रानाभाटलाई २६२ मतले पछि पार्दै मञ्जुले अग्रता लिएकी छन् । त्यस्तै उपमेयरमा हलोले ३४११ मत प्राप्त गरेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...