“होङ्सीले राष्ट्रको अर्थतन्त्रमा योगदान गरेको छ”

लुम्बिनी, जेठ ८ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले होङ्सी सिमेन्ट उद्योग सञ्चालनले नेपालको अर्थतन्त्रमा योगदा गरेको बताउँदै त्यसको सुदृढ एवं कच्चा पदार्थ सप्लार्यमा प्रदेश सरकारको तर्फबाट अझै सहजीकरण गरि दिने बताउनुभयो ।

शनिबार होङ्सी सिमेन्ट उद्योग सञ्चालक समितिको आमन्त्रणमा होङ्सी सिमेन्ट उद्योग प्रा.ली. को अबलोकन गर्ने अवसरमा भएको अन्तरक्रिया कार्यक्रममा बताउनुभएको हो । उहाँले नेपालका सिमेन्ट कारखाना भन्दा आधुनिक प्रकारले सञ्चाचलन गरिरहेको बताउँदै त्यसका लागि अझै प्रभावकारी रुपमा सञ्चालन गरी सेवाग्राहीलाई सेवा प्रदान गर्नका लागि अनुरोध गर्नुभयो ।

 

उहाँले नेपालको लुम्बिनी प्रदेश सिमन्ट उद्योगहरुको हवको रुपमा रहेको बताउँदै अझै हाल होङ्सी सिमेन्टले कच्चा पदार्थमात्रै लिने गरि रहेको बताउँदै अब लुम्बिनी प्रदेशकै भुगोलमा सञ्चालनका लागि आमन्त्रण गर्नुभएको छ । मुख्यमन्त्री केसीले भन्नुभयोः–“यसबाट सेवा राम्रै गर्नुभएको छ, अझै लुम्बिनी प्रदेशको बीच भुगागमा सञ्चालन गर्न आउन हुन्छ भने पनि प्रदेश सरकार सहयोग गर्न प्रतिवद्ध छ ।”

 

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशभित्र सिमेन्टका उद्योगहरुले अर्थतन्त्रमा ठूलो योगदान गरेको बताउँदै त्यसलाई व्यवस्थित गरी अझै सरकारले सिमेन्टको उद्योगको हवको रुपमा विकास गर्न खोजेको बताउँदै बताउनुभयो ।

 

होङ्सी सिमेन्टकाका असिष्टेन्ट ज्याकले आफूहरुले नेपालको दैनिक उत्पादनलाई बढाउन र आम ग्राहकहरुलाई सुपथ मूल्यमा प्रदान गर्नका लागि रहेको बताउनुभयो । उहाँले आफूहरुले ग्राहकहरुलाई छिटो सेपा प्रदान गर्नका लागि लुम्बिनी प्रदेशमा आउन समेत इच्छुक रहेको बताउँदै त्यसका लागि सहयोग गरि दिन प्रदेश सरकारलाई अनुरोध गर्नुभयो ।

 

निमित्त प्रमुख सचिव राजेन्द्र थापाले वास्तमै हाल देशका अधिकांश सिमेन्ट उद्योग करिव १७ वटा लुम्बिनी प्रदेशमै सञ्चालन रहेकाले प्रदेश सरकारले अझै यस विषयमा सहजीकरण गर्ने बताउनुभयो ।भ्रमणको क्रममा मुख्मन्त्रीको साथमा कृषि तथा खाद्य प्रविधि भुमी व्यवस्था मन्त्री ससशसुमन शर्मा लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...