पोखरा महानगरको उपमेयरमा मञ्जुदेवी गुरुङको अग्रता कायमै

पोखरा । पोखरा महानगरपालिकाको मतगणना जारी छ । आज विहान सम्म १०११२१ मत गणना गरिएको छ । १ लाख बढि मत गणना गर्दा पदमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रतालाई कायम राखेका छन् । उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता रहेको छ ।

गठबन्धनका उम्मेदवार आचार्यले पछिल्लो मत परिणाम अनुसार ४० हजार ४३८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले ३७ हजार १७४ मत ल्याएका छन् ।

 

मेयर पदमा राप्रपाका उम्मेदवार शंकर खरालले चार हजार ५४२ मत प्राप्त गरेका छन् । मेयर पदका स्वतन्त्र उम्मेदवार (अटेरी अभियानका अभियान्ता) खडकराज पौडेल (गनेस)ले दुई हजार ६ सय १३ मत प्राप्त गरेका छन् ।

 

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ४२ हजार ३१६ मत प्राप्त गर्दै अग्रता कायम राखेकी छन् । गठबन्धनको तर्फबाट उपमेयरकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४० हजार ७०४ मत प्राप्त गरेकी छन् । गुरुङ रानाभाट भन्दा १६ सय १२ मतले अगाडी छन् ।उपमेयरमै राप्रपाकी रञ्जना कुमारी सेनले चार हजार ९ मत प्राप्त गरेकी छन् । एक लाख एक हजार १२१ मत गणना भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...